राजधानीमा नक्कली परिचय–पत्रको बिगबिगी, भाडा छुट बनाउन बनाइन्छ नक्कली कार्ड
काठमाडौं ५ साउन । विद्यार्थी परिचय पत्र । विद्यालय वा कलेजमा अध्ययन गरिरहेको प्रमाण । विद्यार्थीको नाम, अध्ययनरत कक्षा, हाजिर विवरण सहितको परिचय पत्र विद्यालय वा कलेजले त्यस्ता ब्यक्तीलाई मात्र जारी गर्छ जो भर्ना प्रक्रिया पश्चात मात्रै बिद्यार्थी बन्छन । तर, यतिबेला शहरी क्षेत्रकामा सिमित विद्यार्थी भएपनि थुप्रै ब्यक्तीहरुका हातमा विद्यार्थी परिचयपत्र भेटीन्छन । विद्यालय कलेजमा निश्चीत विद्यार्थीको हाजिर भएपनि परिचय पत्र भने असख्य भेटिन्छन । यसको कारण हो चोक तथा गल्लीमा खोलिएका फोटो स्टुडियो, साईबर, प्रिन्टीङ प्रेस लगायतले आर्थिक चलखेलमा नक्कली कार्ड बनाउने खेल । अधिकांशले विद्यार्थी परिचय पत्र देखाउने गरेको गुनासो आएपछि हामिले नक्कली विद्यार्थी बनारहेका छन् । भक्तपुरको गोठाटारमा रहेको सेन्चुरी आर्ट एण्ड प्रिण्ट प्रेसले पनि नक्कली परिचय पत्र बनाएको भेटिएको छ । यस प्रेसले बिभिन्न नक्कली परिचय पत्र बनाइने कलेजको लिष्ट नै भेटियो । दुई सय रुपैया तिरेपछि पाइन्छ कलेका परिचय पत्र । हो यो एउटा उदाहरण मात्रै हो काठमाडौं लगायत मुख्य शहरमा खेलाआम यसरी नक्कली परिचय पत्र बनिरहेका छन् । काठमाडौं उपत्यकामा भाडामा सहुलियत पाउने भएका कारण पनि नक्कली परिचय पत्रको बिगबिगी छ । त्यतिमात्रै होइन तिनै फोटो स्टुडियो, साईबर, प्रिन्टीङ प्रेसले नक्कली सर्टिफिकेट पनि बनाइरहेका छन् । तर, कुनै पनि निकायले यो ठगी र किर्ते धन्दामा चासो दिइरहेका छैनन् ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार
ट्याग : #nakkali card
ताजा खबर
- १विस्तृत शान्ति सम्झौताको १८ वर्षः युद्ध गर्ने नेताको जीवनशैली फेरियो, पीडितका दुख भने उस्तै
- २बालुवाटारमा ओली-देउवासहित कांग्रेस र एमालेका शीर्ष नेताहरू छलफलमा
- ३प्रधानमन्त्री, मन्त्री र जनप्रतिनिधिले अनुमति नलिइ उपनिर्वाचनको प्रचारमा हिँड्न नपाउने
- ४मेडिकल व्यवसायी दुर्गा प्रसाईं दोस्रो पटक पक्राउ, प्रधानमन्त्री ओलीविरुद्ध भ्रामक सामग्री प्रचार गरेको आरोप
- ५हिरासतमा रहेका रवि लामिछानेको बोलीले प्रहरी तनावमा,मौका पाउने बित्तिकै सरकारलाई गाली !
तपाईको कमेन्ट लेख्नुहोस्