११ बर्षिय समिरको सुसाइट नोटमाः मलाई कसैले माया गरेनन्
दिपक अर्याल– काठमाडौं ।
समिर लुङ्वा । बर्ष ११ । ललितपुरको बागमती गाउँपालिका २ माल्टास्थित कालिदेवी माध्यमिक बिद्यालय कक्षा ५ मा अध्ययनरत समिरले शनिबार राती एउटा चिठी अर्थात् सुसाइट नोट लेख्दै आत्महत्या गरेका छन् । त्यो पनि घरपरिवार र बिद्यालयका शिक्षक शिक्षिकाबाट माया नपाएको भन्दै । उनले लेखेका छन् मेरो नाम समिर लुङवा हो । म कक्षा ५ मा पढ्छु । मेरो रोलनम्बर ५ हो । आज म केही कुरा भन्न चाहन्छु । म धेरै दुखमा छु मलाई कसैले माया गर्देन । कक्षामा केटाहरुलाई पिट्ने र केटीहरुलाई नपिट्ने र घरमा मलाई दाई भाउजुले हेला गर्ने, कोही सर मिस त नहुने म तिनिहरुको नाम लेख्दै छु । सरस्वती मिस, दिवाकर सर गोविन्द सरले म बिरामी हुँदा मलाई बिरामी भाको छैन भन्ने म यति भन्दै बिदा माग्छु म एघार बर्ष भए म जन्मेको महिना कार्तिक १४ गते हो भन्दै उनले आत्महत्या गरेको देख्दा सबै आश्चार्यमा परेका छन् ।
समिरले सुसाइट नोटमा नाम उल्लेख गरेका तीनै जना शिक्षक शिक्षिकालाई प्रहरी पक्राउ गरेको छ । तर, विद्यालयका शिक्षकहरुले कहिल्यै पनि विद्यार्थीलाई गाली गर्ने, पिट्ने नगरेको प्रधानाध्यापक दावी गर्छन् । उनले बालमैत्री वातावरणमा पठन पाठन गराउनुका साथै विद्यार्थीमा केही तनाव वा समस्या देखियो भने उनीहरुलाई परामर्श दिन विगत तीन वर्ष देखि मनोपरामर्श विभाग नै सञ्चालन गर्दै आएका दाबी गरे । अन्य विद्यार्थीलाई कहिले काँही केही समस्या देखिएपनि समीरलाई त्यस्तो अवस्था नदेखिएको प्रधानाध्यापकले बताए । बिद्यालय ब्यवस्थापन समितिका अध्यक्षले बिद्यालयमा सिसि क्यामरा जडान गरिएको कारण पनि शिक्षक र शिक्षिकाले समिरलाई त्यस्तो ब्यवहार नगरेको दाबी गर्छन् । समिरको यो सुसाइट नोटले सबैलाई आश्चार्यमा पारेको छ । परिवार पनि छोराले लेखेको सुसाइट नोटबारे निष्पक्ष छानविन गर्न प्रहरीलाई आग्रह गरेका छन् । प्रहरीले समिरले लेखेको सुसाइट नोटको आधारमा अनुसन्धान प्रक्रिया अगाडि बढाएको बताएको छ ।
क्याटेगोरी :
देश/दुनियाँ,
प्रमुख समाचार,
ब्रेकिंग न्युज
ट्याग : #breeking
ताजा खबर
- १भीम रावललाई घनश्याम भुसालको आह्वानः एकीकृत समाजवादीमा आउनुस्
- २लिपुलेकबारे चीन–भारत सहमतिले नेपालको सार्वभौमिक अखण्डता अतिक्रमण भयोः विप्लव
- ३कांग्रेसको एक वर्षभित्र महाधिवेशन गर्न दबाब बढाउनुसः शेखर कोइराला
- ४भारतीय पूर्वप्रधानमन्त्री सिंहको राजकीय अन्त्येष्टि
- ५माओवादी पहिलो दल भए गिरिबन्धु, वाइडबडी सबै फाइल खोल्ने प्रचण्डको चेतावनी
तपाईको कमेन्ट लेख्नुहोस्