Techie IT
  • ८ माघ २०८१, मंगलबार
KhojPatrika

सेटिङमा अबैध रुपमा चलेका क्रसर कसले बन्द गर्ने ?


ललितपुरको गोदावरी नगरपालिकास्थित लेले क्षेत्रमा अबैध रुपमा खानी तथा रोडा ढुंगा उद्योग (क्रसर) सञ्चालन भएको निक्कै लामो समय भयो । केही रोपनी जग्गा खरिद गरेर सञ्चालनमा आएका यस क्षेत्रका क्रसर उद्योगले बस्ती र नेपाली सेनाको ब्यारेकलाई समेत असर पार्ने गरी पर्ती जग्गा र बन सम्पदाको दोहन भइरहेको छ । केही समयअघि जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय, प्रहरी र स्थानीय तहका अनुगमन अधिकारी सहितको टोली खानी र क्रसर क्षेत्रमा पुग्दा सबै बन्द रहेको भनिएको थियो । तर, हामी पुग्दा यहाँका क्रसर धमाधम चलिरहेका थिए । अबैध रुपमा गिटी र बालुवाको उत्खनन अनि प्रशोधन भैरहेको थियो । व्यवसाय नविकरण नै नगरेर कहि कतैबाट उत्खनन र प्रसोधनको अनुमति नलिएका क्रसरहरु धमाधम चल्दा गोदावरी नगरपालिका, जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समिति र नेपाल प्रहरी बेखबर रहने कुरै थिएन् । बनसम्पदा र नदिजन्य पदार्थको दोहनमा देखीएको यो मौनताले व्यवसायीको हिम्मत बढाइरहेको प्रष्ट देखिन्थ्यो । यहाँ कति खानी र क्रसर छन्, यसको आधिकारिक तथ्यांक नै छैन । घरेलु तथा साना उद्योगमा लेले क्षेत्रको ठेगाना राखेर दर्ता भएका उद्योगको संख्या ३७ छ । तर गोदावरी नगरपालिकामा २२ वटा रोडा ढुंगा उद्योगले मात्रै व्यवसाय दर्ता गरेका छन् । यी अधिकांश उद्योग नविकरण बिनै सञ्चालन भैरहेका छन् । अझ, वातावरण प्रभाव मुल्यांकन आई ई ई नै नगरि सञ्चालनमा आएका क्रसर र खानीले बस्ती र सार्वजनिक सडकबाट २ सय मिटर टाढा रहनुपर्ने मापदण्ड लत्याएका छन् । ललितपुर क्षेत्रमा अबैध रुपमा खानी र क्रसर चलेको बारे अधिकांश सरोकारवाला जानकार छन् । तर अबैधानिक कामले निरन्तरता पाइरहदा सबैको मौनता किन ? खानी र क्रसर भित्रिको सेटिङ निक्कै ठरलाग्दो छ ।


क्याटेगोरी : अर्थ, देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज
ट्याग : #khani

तपाईको कमेन्ट लेख्नुहोस्