प्रधानमन्त्री ओलीले संसदमा बोल्न नदिएकोमा पोखे आक्रोश, देउवालाई कटाक्ष
काठमाडौं ३ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा बैठकमा बोल्न नदिएको भन्दै नेपाली कांग्रेसप्रति आक्रोश ब्यक्त गरेका छन् । प्रधानमन्त्रीले समसामयिक विषयमा संसदलाई जानकारी गराउन खोज्दा रोक्ने प्रचलन कहिँ पनि नहुने भन्दै प्रधानमन्त्री ओलीले अक्रोश पोखेका हुन । प्रधानमन्त्रीलाई बोल्न नदिने र प्रधानमन्त्रीले लिएको समयभन्दा पहिल्यै आफूले बोल्नुपर्छ भन्ने लोकतन्त्रमा कहिँ पनि नहुने प्रधानमन्त्री ओलीले जिकिर गरे । प्रतिपक्षी कांग्रेसको अवरोधका कारण संसदमा बोल्न नपाएका प्रधानमन्त्री ओलीले प्रधानमन्त्री कार्यालयमा पत्रकार सम्मेलन गरे । उनले आफूभन्दा फरक दल सत्तामा आउँदा लोकतान्त्रिक दलले स्वीकार गर्नुपर्ने बताए । आज देखिएको परिस्थितिले लोकतान्त्रिक अभ्यास अघि जान नसक्ने प्रधानमन्त्री ओलीले बताए । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा समेत रोष्टम घेर्न आएको भन्दै प्रधानमन्त्री ओलीले आश्चार्य प्रकट गरे । लोकतन्त्रका तमाम हकहरुप्रति सरकार सचेत रहेको उनले बताए। मानवअधिकार र स्वतन्त्र प्रेसप्रति आफ्नो सरकार प्रतिबद्ध भएको उनले जानकारी गराए। उनले आफ्नो युरोप भ्रमण फलदायी भएको दाबी गरे । नेपाल र बेलायतको सम्बन्ध अझ सुदृढ भएको दाबी गरे। आफ्नो भेटघाट र भ्रमणले नेपालको हित बढेको जानकारी गराए । फ्रान्समा प्रधानमन्त्री, संसदीय कमिटीका अध्यक्षलगायतसँग भेटेर आपसी सम्बन्ध सुदृढ बनाएको उनले दाबी गरे। आइएलओको बैठकमा पनि फलदायी बैठकहरु भएको उनले बताए। गुठी संस्थानले राम्ररी काम गर्न नसकेका कारण गुठी प्राधिकरण गठन गर्न विधेयक ल्याएको उनले बताए। सम्पदा संरक्षण अहिलेको सरकारको दायित्व रहेको पनि उनले बताए। गुठी विधेयकलाई अनावश्यक रुपमा उछालिएको उनले बताए। उनले लडेर, बलिदान दिएर ल्याएको लोकतन्त्र फेरि कसैलाई नबुझाउन पनि प्रतिपक्षी कांग्रेसलगायत आन्दोलनकारीहरुलाई चेतावनी समेत दिए। प्रधानमन्त्री ओलीले मिडियाले सबैलाई तिमी सम्बोधन गरेर भाषा बिर्सिएको समेत आरोप लगाए ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति
ट्याग : #kp oli
ताजा खबर
- १कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् २९७ सदस्यीय कार्यसमिति
- २गगन थापाको घोषणा : कांग्रेसमा आजदेखि सबै गुट सकियो, अब कुनै समूह छैन
- ३रसायनशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सका कागन र जापानका सोईलाई
- ४चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरण अनुसन्धान बिभागको छापा
- ५कांग्रेस सभापतिको उम्मेदवारी फिर्ता गर्ने किशोरसिंह राठोरको घोषणा, गगन थापालाई समर्थन



तपाईको कमेन्ट लेख्नुहोस्