घुस लिन्न भन्ने प्रेमप्रसाद सञ्जेलको यस्तो पत्र किन ?
काठमाडौं २ असार । मोरङको बिराटनगर महानगरपालिकामा रहेको एक बोर्डिङ स्कुलकी शिक्षिकाले तलव र सुविधा नपाएको भन्दै बिराटनगरका बरिष्ठ श्रम अधिकृत प्रेमप्रसाद सन्जेलले एसईईको नतिजा रोक्न बिभिन्न निकायमा पत्राचार गरेका छन् । विराटनगर महानगरपालिका ८ की तुलसा पोखरेलले सुनसरी खनारस्थित सनसाइन इंग्लिस सेकेन्डरी स्कु्लबाट तलब र सुविधा नपाएको भन्दै सन्जेलले एसईईको नजिता समेत रोक्न पत्र लेखेका हुन । सो स्कुलबाट पोखरेलले एघार लाख पन्ध्र हजार आठ सय छयानब्बे रकम लिन बाँकी छ ।
जेठ ७ गते पाँच वटा निकायलाई लेखिएको पत्र प्राप्त भएको छ । एसईई नतिजा प्रकाशित हुने दिन नजिकिदै गर्दा सञ्जेलको यो पत्रले सनसाइन इंग्लिस सेकेन्डरी स्कुलका बिद्यार्थीमा चोट पु¥याएको छ । स्कुललाई कारवाही गर्ने अन्य माध्यम हुँदा हुँदै सञ्जेलले बिद्यार्थीको परीक्षाफल रोक्ने सम्मको निर्णय गरेको भन्दै आलोचना भएको छ ।
२३ वर्ष सेवा गरेकी पोखरेलको तलब सुविधाका बिषयमा बिद्यार्थीलाई किन मारमा पार्न खोजियो यो नै गम्भिर बिषय हो । हामी पोखरेलले तलव र सुविधा पाउनु हुन्न भन्ने पक्षमा हुदै होइन । आफनो पारिश्रमिक र सेवा सुविधा पाउनै पर्छ । तर, शिक्षक र स्कुलको बिबादमा बिद्यार्थीको भबिष्यमाथी कुनै पनि निकायले खेलवाड गर्न पाइदैन । नतिजा रोक्न गरिएको पत्राचार प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयलाई पनि बोधार्थ पठाइएको छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार
ट्याग : #prem sanjela
ताजा खबर
- १कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् २९७ सदस्यीय कार्यसमिति
- २गगन थापाको घोषणा : कांग्रेसमा आजदेखि सबै गुट सकियो, अब कुनै समूह छैन
- ३रसायनशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सका कागन र जापानका सोईलाई
- ४चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरण अनुसन्धान बिभागको छापा
- ५कांग्रेस सभापतिको उम्मेदवारी फिर्ता गर्ने किशोरसिंह राठोरको घोषणा, गगन थापालाई समर्थन



तपाईको कमेन्ट लेख्नुहोस्