स्थानीय तहका लागि लोकसेवा आयोगले गरेको बिज्ञापन रद्द
काठमाडौं २७ जेठ । संसदको राज्य व्यवस्था समितिले स्थानीय तहमा कर्मचारी माग गर्दै लोकसेवा आयोगले प्रकाशित गरेको विज्ञापन रद्द गर्न निर्देशन दिएको छ । सोमबार समितिले संघीय मामिला तथा स्थानीय विकासमन्त्री लालबााबु पण्डितसँगको छलफल गरेलगतै विज्ञापन रद्द गर्न निर्देशन दिएको हो । यसअघि संघीय मामिला तथा स्थानीय विकास मन्त्री लालबाबु पण्डितले लोकसेवा आयोगले स्थानीय तहका विभिन्न पदका लागि गरेको विज्ञापन संविधानले दिएको अधिकार अनुसार नै भएको दाबी गरेका थिए । लोकसेवा आयोगले गरेको विज्ञापनबारे छलफल गर्न संसद्को राज्य व्यवस्था समितिले बोलाएको बैठकमा मन्त्री पण्डितले मन्त्रालयको सिफारिस अनुसार नै बिज्ञापन गरिएको जानकारी दिएका थिए । तर, संसदीय बैठकले भने स्थानीय तहमा गरिएको बिज्ञापन रद्द गर्न निर्देशन दिएको हो । यसअघि दुई बैठकमा अनुपस्थित पण्डितले सोमबार उठेका प्रश्नहरुको जवाफ दिँदै मन्त्रालयको सिफारिसमा लोकसेवाले गरेको विज्ञापन जायज भएको दाबी गरेका थिए ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, लाेकसेवा/जागिर
ट्याग : #loksewa aayog
ताजा खबर
- १३१ वर्षदेखि थन्किएको सरकारी जग्गासम्बन्धी प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय
- २सरकारलाई ट्रेड युनियन हटाउने बाटो खुल्यो, अन्तरिम आदेशले पाएन निरन्तरता
- ३आकु ब्रान्डको पानी, उपभोक्ताको स्वास्थ्यमा मनोमानी, भेटियो खतरनाक अखाद्य वस्तु
- ४जेनजी आन्दोलनका ४५ बलिदानीको कथा समेटिएको ‘अधुरा सपना’ पुस्तक विमोचन
- ५संसद अवरोध हटाउन सभामुखलाई सकस, प्रधानमन्त्रीको जवाफ माग्दै प्रतिपक्षको निरन्तर बिरोध



तपाईको कमेन्ट लेख्नुहोस्