Techie IT
  • २ माघ २०८१, बुधबार
KhojPatrika

ओली र प्रचण्डबीच भएको गोप्य सहमति बाहिरियो


काठमाडौं १६ जेठ । तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता हुँदा दुई अध्यक्षबीच भएको गोप्य सहमति बाहिरिएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका बीच कुनै गोप्य सहमति नभएको दाबी गरेका बेला यस्तो सहमति बाहिरिएको हो । सरकारको नेतृत्व आधा आधा समय गर्ने सहमति भएको दाबी गर्ने पूर्व माओवादी नेताहरुले नै गोप्य पत्र सार्वजनिक गरेको बताइएको छ ।

ओली प्रधानमन्त्री भएको एक बर्ष पूरा भएपछि अवको १५ महिनापछि सत्ताको बागडोर प्रचण्डले पाउने सहमतिमा उल्लेख गरेको छ । प्रचण्डले अबको १५ महिनापछि केपी शर्मा ओलीले आफूलाई सत्ता हस्तान्तरण गर्ने विश्वास व्यक्त गरेका छन् । पार्टी एकता हुँदा आलोपालो प्रधानमन्त्री हुने लिखित सहमति भएको भन्दै प्रचण्डले सो सहमति केपी ओलीले पालना गर्ने विश्वास व्यक्त गरे । सहमतिबाट कसैले दायाँ वायाँ गर्न खोजेमा या धेरै घमण्ड गरेमा कोही पनि नटिक्ने प्रचण्डको भनाइ छ ।
प्राइम टेलिभिजनका लागि ऋषि धमलासँग गरिएको कुराकानीमा क्रममा अध्यक्ष प्रचण्डले पार्टी अध्यक्षको जिम्मेवारी आफूले पाएको खण्डमा ओलीलाई पाँच वर्ष नै प्रधानमन्त्री मान्न सकिने बताए । तत्कालीन एमाले र माओवादीवीच पार्टी एकता घोषणा हुनुभन्दा एक दिनअघि ०७४ साल जेठ २ गते प्रचण्ड र केपी ओलीवीच गोप्य सम्झौता भएको थियो, जसको चौथो बुँदामा आलो–पालो सरकारको नेतृत्व गर्ने भनिएको थियो । गोप्य सहमितमा प्रचण्ड र ओलीले हस्ताक्षर गरेका छन् भने साक्षीका रुपमा विष्णु पौडेल र जनार्दन शर्माको हस्ताक्षर छ । पौडेल र शर्माले समेत यो कुरा गोप्य राखेका थिए । गोप्य सहमति बाहिरिएपछि अव फेरि प्रधानमन्त्रीका बिषयमा बहस तातिने देखिएको छ ।


क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज
ट्याग : #sahamati

तपाईको कमेन्ट लेख्नुहोस्