प्रधानमन्त्री ओली भारतीय समकक्षी मोदीलाई बधाई दिन भारत जाँदै
काठमाडौं १६ जेठ । प्रधानमन्त्री केपी शर्मा ओली दोस्रो कार्यकालका लागि भारतीय प्रधाानमन्त्रीमा निर्वाचित नरेन्द्र मोदीलाई बधाई दिन भारत जाँदैछन् । भारतीय प्रधानमन्त्री मोदीको सपथ समारोहमा प्रधानमन्त्री ओली नयाँ दिल्ली जाने भएका छन्। बिमस्टेक राष्ट्रका सरकार प्रमुख तथा राष्ट्रप्रमुखहरुलाई निम्ता गर्ने क्रममा प्रधानमन्त्री ओलीलाई सपथग्रहण समारोहमा सहभागी हुन निम्तो आएको थियो । प्रधानमन्त्री ओलीले शुक्रबार भारतीय राष्ट्रपति रामनाथ कोविंन्दसँग शिष्टाचार भेटवार्ता गर्नेछन् । भारतीय लोकसभा निर्वाचनमा भाजपा एक्लैले ३०३ सिट र भाजपा गठबन्धनले ३ सय ५३ सिट प्राप्त गरेपछि नरेन्द्र मोदीले भारतीय प्रधानमन्त्रीका रुपमा दोस्रो पटक सपथ लिन लागेका हुन्।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति
ट्याग : #india
ताजा खबर
- १प्रधानन्यायाधीशका लागि ६ न्यायाधीशको नाम सिफारिस
- २प्रधानमन्त्री चयनमा संविधानको धारा ७६ (१) पहिलोपटक प्रयोग हुँदै, लिनुपर्दैन विश्वासको मत
- ३रुकुममा बिहे हेर्न गएका एक घरका तीन युवतीमध्ये दुई मृत भेटिए, एक अझै बेपत्ता
- ४मोदीको पोस्टमा बालेनको टिप्पणीः नेपाल–भारत सम्बन्ध परिणाममुखी बनाउने विश्वास छ
- ५यही व्यवस्थामै बहुमत आउने पुष्टि भयोः कांग्रेस महामन्त्री पौडेल



तपाईको कमेन्ट लेख्नुहोस्