संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाको ११ वर्ष पूरा, जनअपेक्षा अनुसार काम नभएको गुनासो

काठमाडौं १५ जेठ । नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको ११ बर्ष पूरा भएको छ । २०६२–०६३ को जनआन्दोलनपछि भएको संविधानसभा निर्वाचनबाट निर्वाचित संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते नेपालमा राजतन्त्रको अन्त्य गरी नेपालमा गणतन्त्रको घोषणा गरेको थियो । सोही दिनको सम्झनामा हरेक वर्ष जेठ १५ का दिन गणतन्त्र दिवस मनाउने गरिएको हो । यो एघार बर्षमा संविधानसभाबाट जारी भएको संविधान अनुसार संघीय व्यवस्था अनुरुपको राज्य संरचना सञ्चालनका लागि तीन तहको चनाव भइ अहिले देशको शासन व्यवस्था सोही अनुरुप चलिरहेको छ । केन्द्रमा रहेको अधिकार स्थानीय र प्रदेश सरकारमा गएको छ । शासन व्यवस्था परिवर्तन भएपछिका जनअपेक्षाहरु भने पूरा हुन नसकेको गुनासो उस्तै छ । नागरिक स्तरसम्म महसुस हुने गरि परिवर्तनको अनभूति पुग्न
सकेको छैन । त्यसमाथि शान्ति सुरक्षाको अवस्था पछिल्लो समय अपेक्षाकृत हुन सकेको छैन । शान्ति र स्थायित्वको अपेक्षामा रहेका नागरिक पछिल्लो समय भइरहेका बम आतंकका कारण त्रसित छन् । सरकारले शान्ति सुरक्षाको अवस्था मजबुद रहेको बताए पनि सो अनुसारको अनुभूति हुन सकेको छैन । भ्रष्टाचार तथा नेताहरुका कायम सुविधाभोगी प्रवृत्तिले पनि जनतामा निराशा पैदा गरेको छ । र पनि नागरिकमा गणतन्त्रसँग जोडिएर रहेका आश तथा अपेक्षाहरु पूरा गर्नु निर्वाचित सरकार एवम् सम्बद सबैको दायित्व हो । यसैबिच १० वर्षे सशस्त्र युद्ध र १९ दिने जनआन्दोलनको बलमा राजतन्त्रको अन्त्य गरि गणतन्त्र स्थापना भएको दिनको सम्झनामा मनाउन लागिएको गणतन्त्र दिवसको अवसरमा बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले गणतन्त्र स्मारकको उद्घाटन गर्ने कार्यक्रम छ । नारायणहिटी दरबार संग्रहालय परिसरमा गणतन्त्र स्मारक निर्माण भएको हो ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति
ट्याग : #ganatranta
ताजा खबर
- १कांग्रेसमा उठ्यो राज्यमन्त्री कान्छारामलाई हटाइएको विषय
- २लण्डनको थेम्स नदीमा भेटिएको शव नेपाली विद्यार्थी ओलीकै भएको पुष्टि
- ३सभापतिमाथि लगाएको मुद्दामा दम छैन, सरकारको प्रतिशोध मात्रै होः सोबिता गौतम
- ४भारतले पाकिस्तानबाट हुने आयातमा लगायो पूर्ण प्रतिबन्ध
- ५समाजवादको आधार तयार पारेर मात्रै दुनियाँबाट बिदा हुने संकल्प लिएको छुः प्रचण्ड
तपाईको कमेन्ट लेख्नुहोस्