प्रधानमन्त्री ओली भारतीय समकक्षी मोदीलाई बधाई दिन बिहिबार भारत जाने

काठमाडौं १३ जेठ । प्रधानमन्त्री केपी शर्मा ओली दोस्रो कार्यकालका लागि भारतीय प्रधाानमन्त्रीमा निर्वाचित नरेन्द्र मोदीको आगामी बिहीबार हुने शपथका लागि नयाँ दिल्ली जाने भएका छन्। बिमस्टेक राष्ट्रका सरकार प्रमुख तथा राष्ट्रप्रमुखहरुलाई निम्ता गर्ने क्रममा प्रधानमन्त्री ओलीलाई शपथग्रहण समारोहमा सहभागी हुन निम्ता आएकोले प्रधानमन्त्री ओली भारत जान लागेका हुन् । प्रधानमन्त्री ओली मे ३० का दिन बिहीबार काठमाडौँबाट नयाँ दिल्ली प्रस्थान गर्ने, बेलुका शपथमा सहभागी हुने र भोलिपल्ट राष्ट्रपति रामनाथ कोविंन्दलाई भेटेर नेपाल फर्कने प्रधानमन्त्री निकट नेताले जानकारी दिएका छन् । भारतीय लोकसभा निर्वाचनको बिहीबार प्राप्त नतिजाअनुसार भाजपा एक्लैले ३०३ सिट र भाजपा गठबन्धनले ३५३ सिट प्राप्त गरेपछि नरेन्द्र मोदीले भारतीय प्रधानमन्त्रीका रुपमा दोस्रो पटक शपथ लिन लागेका हुन्।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति
ट्याग : #kp oli
ताजा खबर
- १एक नेपालीको थाप्लोमा ७९ हजार २०० ऋण, सार्वजनिक ऋण २३ खर्ब नाघ्यो
- २विश्वासघातको आरोपमा अभिनेता अनमोल केसी पक्राउ
- ३९ दिनदेखिको आन्दोलनरत शिक्षक र सरकारबीच के के भयो सहमति, आन्दोलन फिर्ता
- ४कर्णालीका मुख्यमन्त्री राजकुमारले भने ऐन, कानुन माफियाले बनाउछन् कि जस्तो लाग्छ !
- ५दोलखाबाट चार किलो सुन बरामद, तीन जना पक्राउ
तपाईको कमेन्ट लेख्नुहोस्