जताततै बम आतंक, चार जनाले गुमाए ज्यान, बन्दले जनजीवन प्रभावित

काठमाडौं १३ जेठ । नेत्रबिक्रम चन्द बिप्लव नेतृत्वको नेकपाले ठाउँ–ठाउँमा बम राखेपछि जनजीवन प्रभावित बनेको छ । आइतबार साँझ बिभिन्न ठाउँमा बम बिस्फोट हुँदा चार जनाले ज्यान गुमाएका थिए भने ६ जना घाइते भएका छन् । सोमबार आह्वान गरिएको नेपाल बन्दका कारण जनजीवन प्रभावित भएको छ । ठाउँ ठाउँमा बम फेला परेका छन् ।
नेता तथा कार्यकर्ता नदेखिएपनि बम आतंकका कारण सबै त्रसित भएका छन् । विप्लवले आह्वान गरेको बन्दले काठमाडौं उपत्यकाको जनजीवन पनि प्रभावित भएको छ । बन्दको पहिलो प्रभाव उपत्यकाको सवारी आवागमनमा परेको छ । विप्लवको निशानामा पर्ने डरले अन्य दिनभन्दा आज निकै कम सवारी चलेका छन् । चक्रपथ क्षेत्रमा तुलनात्मक रुपमा केही बढी गाडी चले पनि काठमाडौं, ललितपुरका भित्री भागमा कम मात्रामा सवारी गुडेका छन् ।
काठमाडौंबाट उपत्यका बाहिर जाने सवारी साधन पनि बन्दको मारमा परेका छन् । उपत्यकाका नाकाबाट कुनै पनि सवारी साधन बाहिरिएका छैनन् । निर्वाध रुपमा सवारी नचल्दा सार्वजनिक यातायातको भर पर्दै आएका यात्रुहरु बिहानैदेखि मारमा परेका छन् ।
गन्तव्यमा पुग्न यात्रुहरु कोचिएर तथा झुन्डिएर यात्रा गरिरहेको दृश्य उपत्यकामा देखिन्छ । बन्दको असर उपत्यकाका शैक्षिक संस्थाहरुमा पनि परेको छ । कलेजहरुका कक्षाहरु भएका छैनन् भने विद्यालयहरुले पनि बालबालिकालाई विद्यालय नपठाउन अभिभावकहरुलाई सूचित गरेका छन् । भोजपुरमा आफ्ना कार्यकर्ता तीर्थ घिमिरेको प्रहरी गोलीबाट मृत्यु भएको विरोधमा प्रतिबन्धित विप्लवले सोमबार बन्द आह्वान गरेको हो ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति
ट्याग : #hot
ताजा खबर
- १डा.बाबुराम भट्टराईले किन दिए कुकुरले घाँस खाने अभिब्यक्ती ?
- २गगन थापाको प्रस्तावः निजामती सेवाको खुलातर्फ भित्रबाट प्रतिस्पर्धा गर्न नपाइने व्यवस्था गरौँ
- ३निजामती कर्मचारी संगठनको महाधिवेशनमा निर्वाचन प्रक्रिया अघि बढ्यो, रेवन्त गौतम र भवानी दाहाल प्रतिष्पर्धामा
- ४ठमेलमा प्रहरी कुट्ने अखिल नेता जोशीलाई ७ दिन हिरासतमा राख्न अनुमति
- ५मःम पसलको ग्यास विस्फोट घटनाः अर्का एक जना घाइतेको पनि मृत्यु
तपाईको कमेन्ट लेख्नुहोस्