किन लगाइयो कुलमान घिसिङलाई ९ अर्व भ्रष्टाचार गरेको आरोप

काठमाडौं ७ जेठ । मंगलबार संसदको सार्वजनिक लेखा समितिको बैठकमा छलफलका लागि बोलाइएको थियो नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई । घिसिङलाई प्रश्न सोध्दै गर्दा सत्तारुढ सांसद नेकपाका सांसद अमनलाल मोदीले भ्रष्टचार गरेको आरोप लगाए । त्यसपछि भयो घिसिङ र मोदीबीच चर्काचर्की । जसले लेखा समितिको बैठक निकै आरोप प्रत्यारोप चल्यो । सांसद मोदीले घिसिङलाई भ्रष्टाचारी भएको आरोप लगाए । जवाफमा घिसिङले भ्रष्टाचार गरेको प्रमाणित गरे झुण्डिएर मर्न तयार रहेको चेतावनी दिए । सांसद मोदीले प्राधिकरणको आयोजनामा असहयोग गरेको घिसिङले सांसदलाई जानकारी दिए । ‘तपाईंले आफ्नो निर्वाचन क्षेत्रमा करिब ६ महिनादेखि ३ किलोमिटर तार तान्न दिनु भएको छैन, यसले मोरङको कटहरीमा निर्माण सम्पन्न भएको सबस्टेसन चार्ज गर्न नसकिएको घिसिङले बताए । सांसद मोदीले भने लोडसेडिङ अन्त्य गरेको जस लिँदै विद्युत प्राधिकरणमा भ्रष्टाचार गरेको आरोप कुलमानमाथि लगाएका थिए । उनले भनेका थिए, ‘२५ मेगावाटको सोलार प्लान्ट र कोशी करिडोर प्रसारण लाइनको ठेकेदार छनौटमा भ्रष्टाचार गरिएको छ । आफ्ना विद्युत गृहबाट उत्पादन नगरी कमिसन खाँदै भारतबाट बढी विद्युत् आयात गरिएको छ । त्रिशुली ३ बी सबस्टेसन अवरोध गरेको भन्दै स्थानीयलाई थर्काउने गरेको समेत आरोप लगाए । मोदीले डेडिकेटेड फिडर तथा टंक लाईन उपयोग गर्ने उद्योगी तथा व्यापारीहरुसँग बक्यौता रकम असुली गर्ने नाममा ९ अर्ब बढी भ्रष्टाचार गरेको आरोप लगाएपछि उनले त्यो आरोप प्रमाणित भए आफू झुण्डिएर मर्न तयार रहेको चेतावनी दिए । सत्तारुढ नेकपा सांसद मोदीको कुलमानप्रति आक्रोशको तार भने कटहरी सबस्टेसनसँग जोडिएको विद्युत प्राधिकरणले जनाएको छ । विद्युत प्राधिकरणले मोरङको कटहरीमा सबस्टेसन निर्माण गरेको दुई महिना बढी भयो । तर, दुहवी सबस्टेसनबाट लगिएको ३३ केभी प्रसारण लाइन निर्माणमा मोरङको ग्रामथाम गाउँपालिकाको गिदनियामा स्थानीयको अवरोध छ । ग्रामथाम मोदीको निर्वाचन क्षेत्रमा पर्छ । २०७४ को चुनावमा त्यस क्षेत्रका उद्योगीले मोदीलाई असहयोग गरेका थिए । त्यसकै रिस पोख्न मोदीले स्थानीयलाई परिचालन गराएर आयोजनाको काम रोकेको आरोप विद्युत प्राधिकरणको छ । प्राधिकरणले बस्ती छल्दै सडकै सडक प्रसारण लाइन लैजाने गरी रुट तय गरेको छ । तर, पोलमा साढे तीन किलोमिटर तार तान्न सकिएको छैन ।सांसद मोदीले स्थानीयको मागलाई साथ दिँदै प्रसारण लाइनको तार तान्न दिएका छैनन् । ऊर्जा जलस्रोत तथा सिञ्चाई मन्त्री वर्षमान पुनले हालै मात्र तार तान्न दिन मोदीलाई आग्रह गरेका थिए । तर, उनले मानेका छैनन् । आफनो स्वार्थ पूरा नभएपछि सांसद मोदीले अनावश्यक आरोप लगाएको चर्चा हुन थालेको छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज
ट्याग : #hot
ताजा खबर
- १रुसी सेनामा २ सय नेपाली रहेको प्रधानमन्त्री प्रचण्डद्धारा जानकारी,केही युक्रेनको कब्जामा !
- २विराटनगरको मेट्रो न्युरो अस्पतालको गम्भिर लापरवाही, जिउँदो मान्छे मृत घोषणा !
- ३के हो स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत र डा.गोविन्द केसीको जुहारी ? किन गर्दैछन् आरोप–प्रत्यारोप !
- ४चुनाव सकिएको एक बर्षमै दलहरु फेरि निर्वाचनको तयारीमा,८४ भन्दै सबै दलको दौडधुप
- ५एनसेलको शेयर बिक्रीले खैलाबैला,छानविन गर्न समिति गठनदेखि अदालतको अंकुशसम्म !
तपाईको कमेन्ट लेख्नुहोस्