कसरी भयो ९ जनाको विभत्स हत्या, फोटो खिच्न समेत रोक
काठमाडौं ७ जेठ । पाँचथरमा दुई परिवारका ९ जनाको हत्या भएको छ । दुई परिवारका ९ जनाको हत्या भएपछि मिक्लाजुङ गाउँपालिका–३ आरुबोटे गाउँ शोकमा डुबेको छ । सोमबार राति आरुबोटेका दुई घरमा पाँचजनाको विभत्स हत्या भएको हो । ज्वाईँको घरमा पाँचजनाको र सुसुराको घरमा चारजनाको हत्या भएको हो । पाँचजनाको शव एकै ठाउँमा थुप्रो लगाएको भेटिएको थियो । घटनास्थलमा कोहीको टाउको छैन । अनुहार चिन्न सकिने अवस्थामा पनि छैन । कोहीको शरीरका विभिन्न भाग छुट्टिएका छन् । डर लाग्दो छ अवस्था भएपछि फोटो खिच्न समेत रोकिएको छ । चारजनाको हत्या भएको घरमा एकजनाको शव घर बाहिर र अरु तीनजनाको शव घर भित्र रहेको छ । घटना निकै भयावह र डरलाग्दो भएकाले आफूहरुले घटनास्थलको तस्बिर खिच्न रोक समेत स्थानीय डराएका छन् । हत्या भएका दुई घरबिचको दूरी पैदल हिँड्दा १५ मिनेट लाग्छ । गाउँको ओल्लो छेउ र पल्लो छेउमा रहेका ज्वाईँ–ससुराको घरमा घटना भएको हो । अवस्था भयानक छ । भागेर ज्यान जोगाउन सफल भएकी १२ वर्षकी सीता खजुमलाई उपचारका लागि अस्पताल लगिएको छ । उनको अवस्था पनि गम्भीर रहेको बताइएको छ । सोमबार राति स्थानीय धनराज शेर्मा र उनका ससुरा बमबहादुर फियाकको परिवारका ९ जनाको धारिलो हतियार प्रहार गरि हत्या भएको हो । धनराजको परिवारका पाँचजना र बमबहादुरको परिवारका चारजनाको हत्या भएको हो । हत्या गरिएकामा ७४ वर्षीय बमबहादुर फियाक, ३६ वर्षीया जस्मिता फियाक, २६ वर्षीया मनकुमारी फियाक, ४१ वर्षीय धनराज शेर्मा, ६ वर्षीया इक्सा शेर्मा, १३ वर्षीया योवना शेर्मा, ८ वर्षीया मुना शेर्मा, बमबहादुरकी श्रीमती र १२ वर्षीया आशिका खजुम लिम्बू रहेका छन् । घटनास्थलमा पुगी प्रहरीले अनुसन्धान सुरु गरेको छ ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार
ट्याग : #breeking
ताजा खबर
- १जनताकै सुझावबाट नीति र बजेट बन्ने प्रधानमन्त्री कार्यालयको दावी, ‘सुझाव संकलन पोर्टल’ सञ्चालनमा
- २विजयको सरकार गठनका लागि तमिलनाडुमा जुट्यो बहुमत
- ३कानून दोषीका लागि भय र निर्दोषका लागि आशा हुनुपर्छः राष्ट्रपति पौडेल
- ४रास्वपा उपनेता पराजुलीले भनेः पार्टीका सांसदहरु संसदीय भुमिकाबाट विमुख हुने संकेत गर्दैछन्
- ५लहडतन्त्र र भयतन्त्र ल्याउने प्रयासको प्रतिरोध गर्ने गगन थापाको चेतावनी



तपाईको कमेन्ट लेख्नुहोस्