प्रधानमन्त्रीको घोषणा लुम्बिनीलाई विश्वशान्तिको प्रेरणास्थल बनाउने
कपिलबस्तु ४ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्ध जन्मस्थल लुम्बिनीलाई विश्वशान्तिको प्रेरणास्थलको रुपमा विकास गर्ने घोषणा गरेका छन् । २५६३ औँ बुद्धपूर्णिमाको अवसरमा लुम्बिनीस्थित थाई विहारमा आयोजित भिक्षुभिक्षुणीहरुलाई संघ दान गर्ने कार्यक्रमको अवसरमा प्रधानमन्त्री ओलीले बुद्धसमुदायसँगको सहकार्यमा लुम्बिनीको पूनर्जीवन दिने गरी काम अघि बढाउने प्रतिबद्धता जनाएका हुन् । ‘विगतका वर्षमा लुम्बिनीका लागि धेरै प्रयासहरुले सार्थक रुप लिदैँ गएको भन्दै यो वर्षदेखि योजनाबद्ध ढंगले सरकार अघि बढ्ने दाबी गरे । लुम्बिनीबाट विश्वसमुदायलाई बुद्धका सन्देशहरु फैलाउनका लागि लुम्बिनीलाई पवित्र भूमिको रुपमा थप विकास गरिने प्रधानमन्त्री ओलीको भनाई थियो । प्रधानमन्त्री ओलीले १९ वटा बौद्धमार्गी मूलुकहरुसँग सहकार्य गरिएको स्मरण गर्दै सरकार लुम्बिनीको विकासमा केन्द्रित रहने बताए । सो अवसरमा लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मेत्तेयले लुम्बिनीमा धार्मिक तथा पर्यटकीय गतिविधिहरु बढाउँदै लग्ने प्रतिबद्धता जनाए । थाई विहारका भिक्षु सुपथले प्रधानमन्त्रीको उपस्थितिमा विहारमा बौद्धसमुदायलाई नै सन्देश दिने गरी कार्यक्रम गर्न पाएकोमा खुशी व्यक्त गरेका थिए ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति
ट्याग : #pm news
ताजा खबर
- १जनताकै सुझावबाट नीति र बजेट बन्ने प्रधानमन्त्री कार्यालयको दावी, ‘सुझाव संकलन पोर्टल’ सञ्चालनमा
- २विजयको सरकार गठनका लागि तमिलनाडुमा जुट्यो बहुमत
- ३कानून दोषीका लागि भय र निर्दोषका लागि आशा हुनुपर्छः राष्ट्रपति पौडेल
- ४रास्वपा उपनेता पराजुलीले भनेः पार्टीका सांसदहरु संसदीय भुमिकाबाट विमुख हुने संकेत गर्दैछन्
- ५लहडतन्त्र र भयतन्त्र ल्याउने प्रयासको प्रतिरोध गर्ने गगन थापाको चेतावनी



तपाईको कमेन्ट लेख्नुहोस्