नेपालगञ्जमा आठौं राष्ट्रिय खेलकुदको औपचारिक रुपमा उद्घाटन
बाँके ५ बैशाख । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको नेपालगञ्जमा औपचारिक उद्घाटन भएको छ । बाँकेको नेपालगञ्ज रंगशालामा बिहिबार साँझ एक विशेष कार्यक्रमकाबीच राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतियोगिताको उद्घाटन गरेकी हुन् । उद्घाटन समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले दोस्रो पटक राष्ट्रिय खेलकुदको आयोजनाको अवसर पाएकोमा नेपालगञ्जलाई बधाई दिदै आठौं राष्ट्रिय खेलकुदको औपचारिक उद्घाटन भएको घोषणा गरिन ।
समारोहमा खेलकुद मन्त्री जगत विश्वकर्माले सरकारले खेलकुदलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको बताए । प्रदेश पाँचका मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश सरकार खेलकुदको विकासमा गम्भिर रहेको भन्दै सबै स्थानीय तहमा खेल मैदान बनाउने काम अघि बढेको जानकारी दिए । खेलकुदको माध्यमबाट प्रदेश पाँच नयाँ ईतिहास रच्न सफल भएको भन्दै उनले सबै सहभागिमा शुभकामना व्यक्त गरेका थिए ।प्रतियोगिताको शुभकामना मन्तव्य दिदै राखेप सदस्य सचिव केशवकुमार विष्टले आफुले घोषणा गरे अनुसारको खेलकुदको स्वर्ण युगको सुरुवात भएको बताएका थिए । सिमित स्रोत साधन र आर्थिक अभावकाबीच खेलकुदलले ठुलो सफलता हासिल गरेको उनले उल्लेख गरे । निर्धारित समय भन्दा एक घण्टा ढिला सुरु भएको कार्यक्रमको सुरुवातमा सहभागि सात प्रदेश, तीन विभाग, एक एनआरएनए टिम र जज रेफ्रीको समुहले मार्चपास गरेको थियो । लगत्तै समारोहमा विभिन्न जात, जाती, भाषा संस्कृतिका झाँकी प्रस्तुत गरिएको थियो । उद्घाटन समारोहमा खेलाडीको तर्फबाट युथ ओलम्पियन सोनु भट्टले खेल भावना अनुसार प्रतियोगिता खेल्ने भन्दै शपथ लिएकी थिईन् ।
त्यस्तै खेलको निर्णयलाई निष्पक्ष गराउने भन्दै निर्णायकको तर्फबाट भारत्तोलनका निर्णायक सम्सुद्विन सिद्विकी सपथ ग्रहण गरेका थिए । आठौं राष्ट्रियमा समग्रमा २८ सय २५ पुरुष तथा २३ सय ८६ महिला गरी जम्मा ५२ सय ११ खेलाडी सहभागी छन् । प्रतियोगिताको खेलहरु भने चैत २७ गतेबाट नै सुरु भईसकेको छ । र, आठौं अन्तर्गत १४ खेलको राष्ट्रिय प्रतियोगिता सम्पन्न भइसकेको छ । आठौं राष्ट्रियमा विभिन्न ३५ खेल समावेश गरिएको छ ।
बृहत राष्ट्रिय खेलकुदकै इतिहासमा प्याराग्लाइडिङ खेल पहिलो पटक समावेश गरिएको छ भने एनआरएनए टिम पनि पहिलोपटक सहभागी भएका छन् । आठौं राष्ट्रियमा समग्रमा २८ सय २५ पुरुष तथा २३ सय ८६ महिला गरी जम्मा ५२ सय ११ खेलाडी सहभागी हुने छन् । ३७२ स्वर्ण, त्यत्ति नै रजत र ५६३ कांस्यका भिडन्त हुनेछ । प्रतियोगिताको खेलहरु भने चैत २७ गतेबाट नै सुरु भईसकेको छ । र, आठौं अन्तर्गत १४ खेलको राष्ट्रिय प्रतियोगिता सम्पन्न भइसकेका छन् ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार
ट्याग : #hot
ताजा खबर
- १भीम रावललाई घनश्याम भुसालको आह्वानः एकीकृत समाजवादीमा आउनुस्
- २लिपुलेकबारे चीन–भारत सहमतिले नेपालको सार्वभौमिक अखण्डता अतिक्रमण भयोः विप्लव
- ३कांग्रेसको एक वर्षभित्र महाधिवेशन गर्न दबाब बढाउनुसः शेखर कोइराला
- ४भारतीय पूर्वप्रधानमन्त्री सिंहको राजकीय अन्त्येष्टि
- ५माओवादी पहिलो दल भए गिरिबन्धु, वाइडबडी सबै फाइल खोल्ने प्रचण्डको चेतावनी
तपाईको कमेन्ट लेख्नुहोस्