कर्मचारी भर्ना नगर्न प्रदेश दुई सरकारको लोकसेवा आयोगलाई पत्र
काठमाडौं ३ बैशाख । प्रदेश दुई सरकारले आफनो मातहतमा रहेका कार्यालयमा कर्मचारी भर्नाको प्रक्रिया अघि नबढाउन लोकसेवा आयोगलाई पत्र पठाएको छ । मुख्यमन्त्री लालबाबु राउतले प्रदेश दुई सभामा लोकसेवा सम्बन्धि बिद्येयक पेश भएको स्मरण गराउँदै कर्मचारी भर्ना प्रक्रिया अघि नबढाउन पत्र पठाएका हुन् । नेपालको संविधानको धारा २२७ मा गाउँपालिका र नगरपालिकाको कर्मचारी र कार्यालय सम्बन्धि अन्य ब्यवस्था प्रदेश कानुन बमोजिम हुने ब्यवस्था रहेको छ भने धारा २८५ को उपधारा ३ मा प्रदेश मन्त्रीस्तरीय, गाउँ कार्यपालिका र नगर कार्यपालिकाले आफनो प्रशासन सञ्चालन गर्न आवश्यकता अनुसार कानुन बमोजिम बिभिन्न सरकारी सेवाहरुको गठन र सञ्चालन गर्न सक्नेछन् भन्ने ब्यवस्था रहेको पत्रमा उल्लेख गरिएको छ । सोही बमोजिम प्रदेश दुई को हकमा प्रदेश निजामति सेवा ऐनको बिद्येयक प्रदेश सभामा पेश भई अन्तिम चरणमा रहेको जानकारी मुख्यमन्त्री राउतले पत्रमा जानकारी दिएका छन् । उनले प्रदेशस्तर र १ सय ३६ स्थानीय तहको हकमा कर्मचारी भर्ना सम्बन्धि बिज्ञापन नगरिदिन अनुरोध गरेका छन् । पत्रमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा बोधार्थ पठाइएको छ ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, लाेकसेवा/जागिर
ट्याग : #breking
ताजा खबर
- १एचआईभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
- २३१ वर्षदेखि थन्किएको सरकारी जग्गासम्बन्धी प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय
- ३सरकारलाई ट्रेड युनियन हटाउने बाटो खुल्यो, अन्तरिम आदेशले पाएन निरन्तरता
- ४आकु ब्रान्डको पानी, उपभोक्ताको स्वास्थ्यमा मनोमानी, भेटियो खतरनाक अखाद्य वस्तु
- ५जेनजी आन्दोलनका ४५ बलिदानीको कथा समेटिएको ‘अधुरा सपना’ पुस्तक विमोचन



तपाईको कमेन्ट लेख्नुहोस्