कसरी भएको थियो सोलुखुम्बुमा जहाज दुर्घटना

काठमाडौं १ बैशाख । सोलुखुम्बुको लुक्ला एयरपोर्टमा हवाईजहाज र हेलिकोप्टर ठोक्किँदा ३ जनाको मृत्यु भएको छ । नेपाल प्रहरीका असई रुद्रबहादुर श्रेष्ठ, समिट एयरका कोपाइलट सुदीप ढुंगाना र पर्यटक प्रहरी असई रामबहादुर खड्काको मृत्यु भएको हो । आइतबार बिहान ९ बजे ७ मिनेटमा लुक्लाबाट उड्ने क्रममा समिट एयरको जहाज रनवेबाट चिप्लिएर मनाङ र श्री एयरको हेलिकप्टमा ठोक्किन पुगेको थियो । दुईजनाको घटनास्थलमै र एकजनाको उपचारका लागि काठमाडौँको ग्राण्डी अस्पतालमा ल्याइपुर्याउँदा ज्यान गएको हो । घाइते दुईजनाको ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ । चेतबहादुर गुरुङ र शरद खड्काको उपचार भइरहेको ग्राण्डी अस्पतालले जनाएको छ ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज
ट्याग : #hot
ताजा खबर
- १निजामती कर्मचारीले सामाजिक सञ्जालबाट दल र नेताको पक्ष विपक्षमा टिप्पणी गर्न नपाउने
- २स्पेनमा ओली–सान्चेज वार्ताः नेपालमा दूतावास खोल्न अनुरोध
- ३९ महिनापछि कांग्रेस केन्द्रीय समिति बैठक, यस्ता छन् एजेण्डा
- ४दलीय सहमति कायम गर्दै संसदको गरिमा उच्च राख्नुपर्छः सभामुख घिमिरे
- ५थाई प्रधानमन्त्रीको राजीनामा माग्दै हजारौँ सर्वसाधारण सडकमा
तपाईको कमेन्ट लेख्नुहोस्