कप्तान रोहित आउट, नेपाललाई चौथौ झट्का
काठमाडौँ ३० चैत । मलेसियामा जारी आईसीसी यू–१९ एकदिवसीय विश्वकप क्रिकेटको एसिया छनोटको दोस्रो खेलमा अहिले नेपालले युनाईटेड अरब इमिरेट्स युएईसँग प्रतिस्पर्धा गरिरहेको छ । २४ औँ ओभरको खेल चलिरहँदा नेपालले चार विकेट गुमाएको छ । कप्तान रोहित कुमार पौडेल २३ बलमा १८ रन बनाएर आउट भए । त्यस्तै सन्दीप जोरा ७ बलमा ४ रन बनाएर आउट भए । रित गौतम ६४ बलमा ४१ रन बनाएर खेलिरहेका छन् । नेपालको खातामा १ सय ११ रन पुगेको छ । शुक्रबार सिंगापुर विरुद्धको पहिलो खेलमा नेपालले शानदार जित निकालेको थियो ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार
ट्याग : #hot
ताजा खबर
- १कांग्रेसले भन्यो– हामी कसैसँग चुनावी गठबन्धन गर्दैनौँ
- २कुलमानले भने–भाषण गरेर कोही प्रधानमन्त्री हुँदैन
- ३एपस्टिनसँग बिताएको प्रत्येक क्षणप्रति मलाई पछुतो छः बिल गेट्स
- ४रास्वपामा प्राइमरी इलेक्सनका नाममा पैसा असुली,धमाधम नेताहरुले छोड्दै पार्टी
- ५फागुन २१ गते एकै चरणमा निर्वाचनबारे प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीको छलफल



तपाईको कमेन्ट लेख्नुहोस्