जीप दुर्घटना हुँदा गुल्मीमा पूर्वसांसदसहित दुईको मृत्यु
गुल्मी २८ चैत । गुल्मीमा जीप दुर्घटना हुँदा पूर्वसांसदसहित दुई जनाको मृत्यु भएको छ। जिल्लाको मालिका गाउँपालिकाबाट बुटवलका लागि छुटेको लु १ ज १९५७ नम्बरको जीप मुसिकोट नगरपालिका–१ पौदीअमराईमा दुर्घटनामा परेको हो। दुर्घटनामा परी पूर्वसांसद रूद्रमणि भण्डारी र अर्का यात्रु रोशन बिकको घटनास्थलमै मृत्यु भएको छ। भण्डारी २०४८ सालमा गुल्मी–३ मा नेपाली कांग्रेसबाट सांसद निर्वाचित भएका थिए। जीप सडकबाट १ सय मिटरभन्दा तल खसेको थियो। दुर्घटनामा अन्य ८ यात्रु घाइते भएका छन।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज
ट्याग : #durghatana
ताजा खबर
- १अस्पतालमा पीडितको गुनासोः कि सास कि लास भेट्न पाए हुन्थ्यो, अव त आशै मर्न थाल्यो
- २भोटेकोशी बाढीमा उद्धार र शव ब्यवस्थापनबारे सरकारमाथि प्रश्न, प्रधानमन्त्रीले दिए जवाफ
- ३रूस–युक्रेन युद्धको प्रभावबीच जी–२० अर्थमन्त्रीहरूको बैठक सकियो
- ४कांग्रेसमा संस्थापन इतर समूहको छुट्टै १५ औं महाधिवेशन, गगनको छुट्टै तयारी
- ५संसदमा बालेनः मन भक्कानिँदा पनि एकआपसमा बिलौना गर्ने समय छैन्



तपाईको कमेन्ट लेख्नुहोस्