जीप दुर्घटना हुँदा गुल्मीमा पूर्वसांसदसहित दुईको मृत्यु

गुल्मी २८ चैत । गुल्मीमा जीप दुर्घटना हुँदा पूर्वसांसदसहित दुई जनाको मृत्यु भएको छ। जिल्लाको मालिका गाउँपालिकाबाट बुटवलका लागि छुटेको लु १ ज १९५७ नम्बरको जीप मुसिकोट नगरपालिका–१ पौदीअमराईमा दुर्घटनामा परेको हो। दुर्घटनामा परी पूर्वसांसद रूद्रमणि भण्डारी र अर्का यात्रु रोशन बिकको घटनास्थलमै मृत्यु भएको छ। भण्डारी २०४८ सालमा गुल्मी–३ मा नेपाली कांग्रेसबाट सांसद निर्वाचित भएका थिए। जीप सडकबाट १ सय मिटरभन्दा तल खसेको थियो। दुर्घटनामा अन्य ८ यात्रु घाइते भएका छन।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज
ट्याग : #durghatana
ताजा खबर
- १सरकारले यो वर्ष पनि भेटाएन सर्वोत्कृष्ट निजामती कर्मचारी !
- २संघीय निजामती र शिक्षा ऐन संसदमा दर्ता गर्ने सरकारको निर्णय
- ३कोशीको मुख्यमन्त्रीमा हिक्मत कार्कीलाई २४ घण्टाभित्र नियुक्त गर्न परमादेश, उद्धव थापा पदमुक्त
- ४कोशी सरकार विरुद्धको रिटमा आज पनि बहस
- ५प्रतिनिधि सभा बैठकमा आज चार जना मन्त्रीसँग प्रश्नोत्तर
तपाईको कमेन्ट लेख्नुहोस्