कांग्रेसमा के सहमति भयो बुढानिलकण्ठमा
काठमाडौं २५ चैत । नेपाली काँग्रेसको कार्यसम्पादन समिति गठनका लागि फेरि पनि सहमति भएको छ । सोमबार सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको पदाधिकारी र पूर्व पदाधिकारीको अनौपचारिक बैठकले कार्यसम्पादन समितिका लागि भएको सहमतिप्रति असन्तुष्ट नेताहरुको माग सम्बोधन गर्ने सहमति भएको हो । बैठकमा संसदीय बोर्ड गठन, विभिन्न केन्द्रीय विभागका संयोजक पनि सहमतिका आधारमा चयन गर्ने सहमति भएको जनाइएको छ । कार्यसम्पादन समितिमा नेता कृष्णप्रसाद सिटौला पक्षबाट उमाकान्त चौधरी र रामचन्द्र पौडेल पक्षबाट डा.शेखर कोइरालालाई समेट्ने सहमति भएको छ । गत शुक्रबारको बैठकमा आफूलाई ‘अपमान’ गरिएको भन्दै सिटौला पक्षले आजको बैठकमा पनि सामेल भएका थिएनन् । यसअघि शुक्रबार बसेको बैठकमा सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच ६०–४०को भागबण्डा मिलेको थियो । तर, उक्त बैठकमा कार्यसम्पादन समितिमा पार्टी तेस्रो धारको नेतृत्व गरेका कृष्णप्रसाद सिटौलाले भाग नपाएसँग र प्रभाशाली केन्द्रीय सदस्य डा.शेखर कोइराला नअट्ने देखिएको थिए । सिटौलालाई सभापति देउवा वा पौडेल कताबाट कार्यसम्पादन समितिमा सामेल गराउने भन्नेमा विवाद थियो भने नेता कोइराला वरियता क्रमको ३४ औँ नम्बरमा थिए । २९ सदस्यीय कार्यसम्पादन समितिमा बरियताको आधारमा पर्ने अवस्था थिएन । बैठकमा पार्टी सभापति देउवासहित वरिष्ठ नेता पौडेल, उपसभापति विमलेन्द्र निधि, विजय गच्छेदार, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, पूर्वकोषध्यक्ष चित्रलेखा यादव, नेता अर्जुननरसिंह केसी र प्रवक्ता विश्वप्रकाश शर्मा लगायतको सहभागिता थियो ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति
ट्याग : #congress
ताजा खबर
- १कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् २९७ सदस्यीय कार्यसमिति
- २गगन थापाको घोषणा : कांग्रेसमा आजदेखि सबै गुट सकियो, अब कुनै समूह छैन
- ३रसायनशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सका कागन र जापानका सोईलाई
- ४चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरण अनुसन्धान बिभागको छापा
- ५कांग्रेस सभापतिको उम्मेदवारी फिर्ता गर्ने किशोरसिंह राठोरको घोषणा, गगन थापालाई समर्थन



तपाईको कमेन्ट लेख्नुहोस्