क्षणभरमा बदली र पानी अनि घाम पनि किन ?
काठमाडौं २४ चैत । दुई दिनदेखि मौसममा बदली भइरहेको छ । क्षणभरमा मौसम बदलिने, अपरान्ह्रपछि मेघ गर्जदै हल्का र क्षणिक वर्षा हुने मनसुन पूवाद्र्ध अर्थात् ‘प्रि–मनसुन’ को लक्षण हो । तर, यसपटकको प्रि–मनसुन मध्य वर्षाद्को समयझै सक्रिय भएको छ । हरेक दिन बिहान, दिउँसो, बेलुका जुनसुकै समयमा पनि वर्षा भइरहन्छ । स्थानीय वायु, बंगालको खाडी र अरब सागरको वायुको प्रभावले हिजोआज प्रि–मनसुन निकै सक्रिय भएको जल तथा मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् शान्ति कँडेलले जानकारी दिइन । सामान्यतया स्थानीय वायुको प्रभावले प्रि–मनसुन सक्रिय र निस्क्रिय हुने बताइएको छ । ‘यसपटक बंगालको खाडी र अरब सागरबाट पनि पर्याप्त मात्रामा जलवाष्पयुक्त हावा सजिलै नेपाल प्रवेश गरिरहेकाले प्रि–मनसुन सक्रिय भइरहेको छ । नेपालभित्रै विकास भएको न्यून चापीय रेखाले शनिबार बिहान सबेरैदेखि मुलुकका अधिकांश भेगको मौसम प्रभावित भएको कँडेलले बताए । त्यस्तो प्रभावले फराकिलो भूगोललाई समेट्ने प्रकृतिको भएमा ‘रेखा’ र सीमित क्षेत्रमा प्रभाव पार्ने प्रकृतिको भएमा ‘क्षेत्र’ भन्ने गरिन्छ । शनिबार न्यून चापीय रेखाको प्रत्यक्ष प्रभाव मुलुकको पूर्वी, मध्यभागमा परेको थियो भने अपरान्ह्रपछि पश्चिमी भू–भागतर्फ पनि सरेको थियो ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज
ट्याग : #mausam
ताजा खबर
- १अस्पतालमा पीडितको गुनासोः कि सास कि लास भेट्न पाए हुन्थ्यो, अव त आशै मर्न थाल्यो
- २भोटेकोशी बाढीमा उद्धार र शव ब्यवस्थापनबारे सरकारमाथि प्रश्न, प्रधानमन्त्रीले दिए जवाफ
- ३रूस–युक्रेन युद्धको प्रभावबीच जी–२० अर्थमन्त्रीहरूको बैठक सकियो
- ४कांग्रेसमा संस्थापन इतर समूहको छुट्टै १५ औं महाधिवेशन, गगनको छुट्टै तयारी
- ५संसदमा बालेनः मन भक्कानिँदा पनि एकआपसमा बिलौना गर्ने समय छैन्



तपाईको कमेन्ट लेख्नुहोस्