सरकारले संघीयतामा विश्वास नगरेको कांग्रेस महामन्त्री कोइरालाको आरोप
भक्तपुर २३ चैत । नेपाली कांग्रसका महामन्त्री डाक्टर शंशाक कोइरालाले केपी ओली सरकारले संघीयतामा विश्वास नगरेको आरोप लगाएका छन् । नेपाली कांग्रेस मध्यपुर थिमि नगर समितिले गरेको शुभकामाना आदान प्रदान कार्यक्रममा महामन्त्री कोइरालाले सरकारले प्रदेश र स्थानीयलाई दिनुपर्ने अधिकार आफैमा राखेर संघीयता कमजोर बनाउन लागेको आरोप लगाएका हुन् । उनले ‘मुलुक अप्ठ्यारो अवस्थामा पुगेको बेला दुई तिहाईको सरकार सबै अधिकार आफैं राख्ने प्रयत्न गरिरहेको बताए । महामन्त्री कोइरालाले सरकारले ठोस योजना ल्याउन नसकेको भन्दै सरकारले एक बर्षमा केही गर्न नसकेको बताए । कोइरालाले गुट उपगुटले पार्टी कमजोर हुँदै गएको स्वीकार गर्दै कांग्रेस एकतावद्ध गरेर अघि बढाउन सके आगामी निर्वाचनमा मुलुकको ठूलो दल बन्ने दाबी गरे । कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् केन्द्रीय अनुशासन समितिका संयोजक भिष्मराज आङ्दम्बेले सञ्चार क्षेत्र र सुरक्षा सम्बन्धमा सरकारले पेश गरेको विधेयकले सरकार एकदलिय अधिनायकवादतर्फ उन्मुख भएको आरोप लगाएका थिए ।
क्याटेगोरी : देश/दुनियाँ, ब्रेकिंग न्युज, राजनीति
ट्याग : #sasanka koerala
ताजा खबर
- १एचआईभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
- २३१ वर्षदेखि थन्किएको सरकारी जग्गासम्बन्धी प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय
- ३सरकारलाई ट्रेड युनियन हटाउने बाटो खुल्यो, अन्तरिम आदेशले पाएन निरन्तरता
- ४आकु ब्रान्डको पानी, उपभोक्ताको स्वास्थ्यमा मनोमानी, भेटियो खतरनाक अखाद्य वस्तु
- ५जेनजी आन्दोलनका ४५ बलिदानीको कथा समेटिएको ‘अधुरा सपना’ पुस्तक विमोचन



तपाईको कमेन्ट लेख्नुहोस्