सचिव थपलिया प्रमुख निर्वाचन आयुक्तमा सिफारिस
काठमाडौं ११ चैत । संवैधानिक परिषद्ले निर्वाचन आयोगको प्रमुख आयुक्तमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका बहालवाला सचिव दिनेशकुमार थपलियालाई सिफारिस गरेको छ । यसअघि सञ्चार मन्त्रालयको समेत भएका सचिव थपलिया स्पष्ट बक्ताका रुपमा निजामती कर्मचारीभित्र परिचित छन्। संखुवासभाका थपलियाले धेरै जिल्लामा प्रमुख जिल्ला अधिकारी तथा स्थानीय विकास अधिकारीका रुपमा काम गरेका छन्।थपलियाले निजामती सेवाको अधिकांश समय स्थानीय विकास मन्त्रालय मातहतका निकायमा काम गरेका थिए । उनी स्थानीय सरकार र संघीयताका जानकारका पनि हुन् । वैशाखमा उमेर हदका कारण अवकाश पाउन लागेका सचिव थपलियालाई संवैधानिक परिषदले प्रमु्ख आयुक्तका रुपमा सिफारिस गरेको हो। देशमा संघीयता कार्यान्वयनमा आएपछि जटिल मानिएको कर्मचारी समायोजन गर्न समान्य प्रशासन मन्त्रालयको सचिवका रुपमा उनले खेलेको भूमिकालाई मूल्यांकन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई निर्वाचन आयोगको जिम्मेवारी दिन लागेका हुन्। २०४९ सालमा नेपालको निजामती सेवामा राजनीतिक दलको प्रभाव बढेसँगै थपलिया तत्कालीन एमालेसँग नजिक रहँदै आएका थिए। प्रमुख आयुक्तको कार्यकाल ६ वर्ष हुने संवैधानिक व्यवस्था छ। आइतबार प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले अवकाश पाएपछि खाली रहेको ठाउँमा भोलिपल्टै थपलिया सिफारिस भएका हुन् । अन्य संवैधानिक निकायमा बर्षोदेखि पद रिक्त रहे पनि पदपूर्तिका लागि चासो नदिएका ओलीले विश्वास पात्र थपलियालाई आयोगमा तत्कालै सिफारिस गर्नु रहस्यमय ठानिएको छ । आयोगबाट आइताबार नै आयुक्त इला शर्माले पनि अवकास पाएकी छिन्। आयोगमा हाल नरेन्द्र दाहाल, ईश्वरीप्रसाद पौड्याल र सुधीर शाह आयुक्तका रुपमा छन्। सोमबारको संवैधानिक परिषद्ले राष्ट्रिय समावेशी आयोगका सदस्यमा मकवानपुरकी विष्णुमाया ओझालाई पनि सिफारिस गरेको छ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज
ट्याग : #hot
ताजा खबर
- १प्रधानन्यायाधीशका लागि ६ न्यायाधीशको नाम सिफारिस
- २प्रधानमन्त्री चयनमा संविधानको धारा ७६ (१) पहिलोपटक प्रयोग हुँदै, लिनुपर्दैन विश्वासको मत
- ३रुकुममा बिहे हेर्न गएका एक घरका तीन युवतीमध्ये दुई मृत भेटिए, एक अझै बेपत्ता
- ४मोदीको पोस्टमा बालेनको टिप्पणीः नेपाल–भारत सम्बन्ध परिणाममुखी बनाउने विश्वास छ
- ५यही व्यवस्थामै बहुमत आउने पुष्टि भयोः कांग्रेस महामन्त्री पौडेल



तपाईको कमेन्ट लेख्नुहोस्