आजदेखि एसईई परीक्षा, चार लाख ७५ हजार परीक्षार्थी सहभागि
काठमाडौं १० चैत । यसबर्षको एसईई परीक्षा आजदेखि सुरु भएको छ । बिहान ८ बजेदेखि ११ बजेसम्म परीक्षा हुनेछ । परीक्षामा देशभरबाट चार लाख ७५ हजार ३ जना विद्यार्थी सहभागी भएका छन् । परीक्षामा नियमिततर्फ चार लाख ५० हजार एक सय ८६ जना र एक्जाम्टेडतर्फ २४ हजार ८ सय १७ जना सहभागी छन्। यसमध्ये दुई लाख ३६ हजार चार सय ४५ छात्र र दुई लाख ३८ हजार पाँच सय ५८ छात्रा रहेका छन्। एसईईमा सहभागी हुने विद्यार्थीको संख्या अघिल्लो वर्षको तुलनामा करिब साढे १० हजार कम भएको माध्यामिक शिक्षा परिषद्ले जनाएको छ। गत वर्ष एसईई परीक्षामा नियमित र एक्जाम्टेडतर्फबाट कुल चार लाख ८५ हजार पाँच सय ८६ जना परीक्षार्थी सहभागी भएका थिए। परीक्षामा सबैभन्दा बढी प्रदेश, ३ बाट एक लाख ६ हजार दुई जना परीक्षार्थी सहभागी छन् । सबैभन्दा कम कर्णाली प्रदेशबाट ३५ हजार ६२४ परीक्षार्थी सहभागी छन् । त्यस्तै प्रदेश नं १ बाट ८३ हजार ८१८, प्रदेश नं २ बाट ७० हजार ५१८, गण्डकी प्रदेशबाट ४८ हजार ६३, प्रदेश नं ५ बाट ७६ हजार ९८३ र सुदूरपश्चिम प्रदेशबाट ५३ हजार ९७२ परीक्षार्थी सामेल छन् । परीक्षामा देशभर एक हजार ९६९ परीक्षा केन्द्र निर्धारण गरिएको छ भने एक हजार ९६९ केन्द्राध्यक्ष, तीन हजार १६७ सहकेन्द्राध्यक्ष र २९ हजार ५३५ सुरक्षाकर्मी परिचालित छन् । मुलुक सङ्घीयतामा गएपछि पहिलोपटक एसइई परीक्षा व्यवस्थापन, सञ्चालन, अनुगमन, उत्तरपुस्तिका खरीदलगायतका सम्पूर्ण काम प्रदेश सरकारले गर्ने राष्ट्रिय परीक्षा बोर्डले गरेको छ । परीक्षा व्यवस्थापनको सम्पूर्ण काम यस वर्ष प्रदेश सरकारले गर्नेछ भने प्रदेश सरकारले तत्काल परीक्षाफल प्रकाशित गर्न नसक्ने भएकाले यसको जिम्मेवारी भने बोर्डले लिएको छ । परीक्षा व्यवस्थापन गर्न प्रदेश सरकार सामाजिक विकास मन्त्रालय र शिक्षा विकास तथा समन्वय एकाइले परीक्षा समन्वय समिति गठन गरी केन्द्राध्यक्ष नियुक्ति गरेका छन् । गतवर्ष चार प्रकारका प्रश्न सोधिएको थियो । यस वर्ष प्रदेशअनुसार प्रश्नपत्र छपाई गरिएको छ । परीक्षामा साधारणतर्फको अनिवार्य ६ विषयका फरक–फरक प्रश्नपत्र बनाइएको र प्राविधिक तथा संस्कृततर्फ सबै प्रदेशमा एकै प्रकारका प्रश्नपत्र बनाइएको छ । चैत २१ गतेसम्म सञ्चालन हुने परीक्षा पहिलो पटक सङ्घीय संरचनाको स्वरुपअनुसार नियमित, ग्रेडवृद्धि र प्राविधिक धारका परीक्षार्थी सहभागी भएका छन् ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज
ट्याग : #hot
ताजा खबर
- १कोप सम्मेलनमा वन मन्त्रालयका कर्मचारीको रजाँई,विदेश जान लामै लिष्ट
- २दीपक मनाङे ज्यान मार्ने उद्योगमा सर्वोच्चबाट पनि दोषी ठहर, ५ वर्ष कैद सजाय
- ३रवि लामिछानेलाई १० दिन हिरासत राख्न अदालतको अनुमति
- ४उपप्रधानमन्त्री सिंहद्वारा विश्वसामु जलवायु न्यायको माग
- ५नेपाल फेरि उपविजेतामा सीमित, बंगलादेश च्याम्पियन
तपाईको कमेन्ट लेख्नुहोस्