नेकपाका नेता हेमन्तप्रकाश ओली सहित ८ जना पक्राउ
काठमाडौं ९ चैत । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य हेमन्त प्रकाश ओली सहित ८ जना पक्राउ परेका छन्। नेकपाको मध्य कमाण्ड इञ्चार्ज समेत रहेका ओली शुक्रबार राति काभ्रेबाट उनीहरु पक्राउ परेका हुन्। शुक्रबार राति प्रहरीको विशेष ब्यूरो र अपराध महाशाखाको टोलीले उनलाई पक्राउ गरेको हो । अहिलेसम्म पक्राउ नेतामध्ये उच्चस्तरका नेता हुन । सरकारले नेकपालाई प्रतिबन्ध लगाएपछि पछिल्लो समय प्रहरीले नेताहरु पक्राउ गरिरहेको छ । गतसाता मात्रै काभ्रेमा प्रहरी र नेकपाका कार्यकर्ताहरुबीच गोली हानाहान समेत भएको थियो । त्यतिबेला नेकपाका चार नेता पक्राउ गरेका थिए । नेताहरु धर्मराज राजबाहक, रामकृष्ण खतिवडा, शंकर अधिकारी र विजय श्रेष्ठ पक्राउ परेका हुन् । त्यस्तै, ललित तामाङ, सञ्जीव कार्की, देव घिमिरे र लोकेन्द्र खड्कालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । अघि प्रहरीले ओलीलाई नियन्त्रणमा लिन काभ्रेमै सर्च अपरेशन चलाएको थियो ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति
ट्याग : #hot
ताजा खबर
- १कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् २९७ सदस्यीय कार्यसमिति
- २गगन थापाको घोषणा : कांग्रेसमा आजदेखि सबै गुट सकियो, अब कुनै समूह छैन
- ३रसायनशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सका कागन र जापानका सोईलाई
- ४चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरण अनुसन्धान बिभागको छापा
- ५कांग्रेस सभापतिको उम्मेदवारी फिर्ता गर्ने किशोरसिंह राठोरको घोषणा, गगन थापालाई समर्थन



तपाईको कमेन्ट लेख्नुहोस्