एसईई परीक्षामा चार लाख ७५ हजार परीक्षार्थी सहभागि हुदै

काठमाडौं ८ चैत । २०७५ सालको एसईई परीक्षा आइतबारदेखि सुरु हुँदैछ। परीक्षामा देशभरबाट चार लाख ७५ हजार ३ जना विद्यार्थी सहभागी हुनेछन् । परीक्षामा नियमिततर्फ चार लाख ५० हजार एक सय ८६ जना र एक्जाम्टेडतर्फ २४ हजार ८ सय १७ जना सहभागी हुने भएका छन्। यसमध्ये दुई लाख ३६ हजार चार सय ४५ छात्र र दुई लाख ३८ हजार पाँच सय ५८ छात्रा रहेका छन्। एसईईमा सहभागी हुने विद्यार्थीको संख्या अघिल्लो वर्षको तुलनामा करिब साढे १० हजार कम भएको माध्यामिक शिक्षा परिषद्ले जनाएको छ। गत वर्ष एसईई परीक्षामा नियमित र एक्जाम्टेडतर्फबाट कुल चार लाख ८५ हजार पाँच सय ८६ जना परीक्षार्थी सहभागी भएका थिए। परीक्षाका लागि देशभर एक हजार नौँ सय ६९ परीक्षा केन्द्र तोकिएको छ । परीक्षामा सबैभन्दा बढी प्रदेश, ३ बाट एक लाख ६ हजार दुई जना परीक्षार्थी सहभागी हुने भएका हुन्। परीक्षाको सम्पूर्ण तयारी पूरा भएको परिषदले जनाएको छ ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज
ट्याग : #hot
ताजा खबर
- १रसुवा बाढीः प्रभावकारी उद्धारका लागि कांग्रेसले गरायो सरकारको ध्यानाकर्षण
- २रसुवामा बाढीः उद्धार र राहतमा सहभागी हुन नेता–कार्यकर्तालाई प्रचण्डको निर्देशन
- ३धादिङको त्रिशूली नदीमा २ जनाको शव भेटियो
- ४रसुवा बाढीमा ६ जना चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन, ९ जनाको उद्धार
- ५स्पेनी लगानीकर्तासँग प्रधानमन्त्री ओलीले भने, नेपालमा लगानी गर्नुस्
तपाईको कमेन्ट लेख्नुहोस्