नेपाली कांग्रेसमा अनुशासन समिति गठन
काठमाडौं ४ चैत । नेपाली कांग्रेसले अनुशासन समिति गठन गरेको छ । पार्टी कार्यालय सानेपामा बसेको बैठकले भीष्मराज आङ्दम्वेको नेतृत्वमा केन्द्रीय अनुशासन समिति गठन गरेको हो । अन्य सदस्यमा किशोर सिंह राठौर र देवेन्द्रराज कँडेल सदस्य छन् । बाँकी सदस्यहरु पछि थप गरिने नेताहरुले बताएका छन् । गठन भएको अनुशासन समितिले सहमतिबाट मात्र निर्णय गर्नेछ । आइतबार पार्टी सभापति शेरबहादुर देउवा निवासमा भएको छलफलमा नेताहरुले नाम वा अनुशासन समितिको निर्णय प्रक्रियामा सहमति खोज्नुपर्नेमा जोड दिएका थिए । सोमबार पनि केन्द्रीय कार्यसमिति बैठक अघि नेताहरुबीच भएको छलफलमा नाममा सहमति जुट्न सकेको थिएन । तर, अनुशासन आयोगले सहमतिमा मात्र निर्णय गर्ने सहमतिपछि आयोग गठनमा सहमति जुटेको छ । आयोगमा रहेका तीनै जना देउवा पक्षको रोजाइमा आएका हुन् । वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्ण सिटौला पक्षबाट कुनै सदस्य बसेका छैनन् । केन्द्रीय कार्यसमितिको बैठकमा सभापति देउवा निकट नेताहरुले भने सहमतिबाट मात्र निर्णय गर्ने टीओआरको विरोध गरेका छन् ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति
ट्याग : #hot
ताजा खबर
- १जनताकै सुझावबाट नीति र बजेट बन्ने प्रधानमन्त्री कार्यालयको दावी, ‘सुझाव संकलन पोर्टल’ सञ्चालनमा
- २विजयको सरकार गठनका लागि तमिलनाडुमा जुट्यो बहुमत
- ३कानून दोषीका लागि भय र निर्दोषका लागि आशा हुनुपर्छः राष्ट्रपति पौडेल
- ४रास्वपा उपनेता पराजुलीले भनेः पार्टीका सांसदहरु संसदीय भुमिकाबाट विमुख हुने संकेत गर्दैछन्
- ५लहडतन्त्र र भयतन्त्र ल्याउने प्रयासको प्रतिरोध गर्ने गगन थापाको चेतावनी



तपाईको कमेन्ट लेख्नुहोस्