परिमार्जित राष्ट्रिय सुरक्षा नीति प्रधानमन्त्रीलाई बुझाइयो

काठमाडौं २० फागुन । राष्ट्रिय सुरक्षा नीति परिमार्जनका लागि गठित समितिले ‘परिमार्जित राष्ट्रिय सुरक्षा नीति–२०७५’ प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाएको छ । राष्ट्रिय सुरक्षा नीति परिमार्जनका लागि गठित समितिका संयोजक उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले ‘परिमार्जित राष्ट्रिय सुरक्षा नीति–२०७५’ प्रधानमन्त्री ओलीलाई बालुवाटारमा बुझाएका हुन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बुझाइएको परिमार्जित राष्ट्रिय सुरक्षा नीतिमा राष्ट्रिय सुरक्षाका पछिल्ला चुनौति र त्यसलाई सम्बोधन गर्न आवश्यक नीतिका बारेमा आवश्यक सुझाव उल्लेख गरिएको छ ।
सरकारले राष्ट्रिय तथा अन्तराष्ट्रिय परिस्थितिलाई समेत ध्यानमा राखेर राष्ट्रिय सुरक्षा नीति परिमार्जनका लागि आवश्यक सुझाव दिन उपप्रधानमन्त्री पोखरेल संयोजक रहेको एक समिति गत असोज १ गते गठन गरेको थियो । सोही समितिले राष्ट्रिय सुरक्षा परिषदका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीको निर्देशनमा रही सो नीति परिमार्जनसहित तयार गरेको हो । २०७३ सालमा बनेको राष्ट्रिय सुरक्षा नीतिलाई समायानुकूल बनाउन प्रधानमन्त्री ओलीले सो नीतिलाई परिमार्जन गर्न लागेका हुन् । उपप्रधानमन्त्री पोखरेल नेतृत्वको समितिले तयार पारेको परिमार्जित सो सुरक्षा नीतिमा सुरक्षासम्बन्धि राष्ट्रिय दृष्टिकोण पनि समावेश गरिएको छ ।
परिमार्जित नीति मुलुकको राष्ट्रिय सुरक्षालाई सुदृढ, सहज र गतिशील बनाउने उद्देश्यका साथ तयार पारिएको पनि दावी गरिएको छ । समितिले प्रधानमन्त्री ओलीलाई बुझाएको सो परिमार्जित नीति राष्ट्रिय सुरक्षा परिषदले अनुमोदन गरेपछि मन्त्रीपरिषदबाट पारित हुने र कार्यान्वयनमा आउनेछ ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #hot
ताजा खबर
- १महेश बस्नेत र दुर्गा प्रसाईँको मंसिर ७ को आन्दोलन (भिडियोसहित)
- २अव माइतीघरदेखि बानेश्वरसम्म आन्दोलन गर्न नपाइने, लगाइयो निषेधाज्ञा !
- ३रुकुमपश्चिममा जिप दुर्घटना, २२ जना घाइते, ५ को अवस्था गम्भिर
- ४उदाउँदो सूर्यलाई अर्घ्य दिएर समापन गरियो यस बर्षको छठ पर्व
- ५टिकटक प्रयोग भएको पाइएमा खबर गर्न दुरसञ्चार प्राधिकरणको आग्रह
तपाईको कमेन्ट लेख्नुहोस्