अध्यक्षद्धयलाई भीम रावलको चेतावनी -विगतको इतिहास सम्झेर ‘संयमित नभए पार्टी फुट्न सक्छ’
काठमाडौँ – अमेरिकाले स्वघोषित अन्तरिम राष्ट्रपति क्आन गुएडोको समर्थन गरेपछि भेनेजुएलाको राजनीतिक संकटमा अन्तर्रा्ष्ट्रिय समुदाय विभाजित बनेसंगै –सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र पनि ‘भेनेजुएलाको काण्डले हलचल ल्याएको छ ।
जब नेकपाका दुई अध्यक्ष मध्येका एक पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी हस्तक्षेपको विरोध गरेसंगै । अमेरिकी दूतावासले त्यसपछि सरकारको आधिकारिक धारणा मागेको थियो । घटनाक्रम विकसित हुँदै जाँदा प्रधानमन्त्री केपी शर्मा ओलीले भेनेजुएला काण्डमा प्रचण्ड केही चिप्लिएको बताए । त्यसको प्रतिक्रिया प्रचण्डले पार्टी फुट्न सक्ने सम्भावना जताएर दिए । भेनेजुएला प्रकरणले नेकपाभित्र अहिले खलबलीको अवस्था छ ।
यहि बिचमा नेता भीम रावलले अरु देशबारे टिप्पणी गर्दा पार्टी फुटेका विगतको इतिहास सम्झेर संयमित हुनु पर्ने उल्लेख गरेका छन् । उनले ट्वीट गरेर लेखेका छन, ‘विगतमा कुनै देश र सरकार विशेषबारे सार्वजनिक रुपमा धेरै विवाद गर्दा कम्युनिष्ट पार्टीमा विभाजन समेत आएको स्मरण
गर्दै संयमित भएर विधि र बैठकबाट विवाद टुंग्याउनु र पार्टी एकीकरणको काम अबिलम्ब पूरा गर्नु बुद्धिमानी कार्य ठहरिने छ ।’
पार्टी एकीकृत बन्ने र जनअपेक्षा पूरा गर्न सक्ने चाहनाका साथ तत्कालीन पार्टी विभाजन गर्न तयार भएको तयार भएको तर पछिल्ला घटनाक्रमले पार्टीको माथिल्लो तहदेखि तल्लो तहसम्म निराशा उत्पन्न भएको उनले बताए ।
क्याटेगोरी : ब्रेकिंग न्युज, राजनीति
ताजा खबर
- १बालेन शाहले माघ ४ गते मेयर पदबाट राजीनामा दिने
- २चिनियाँ उच्चस्तरीय टोली काठमाडौं आउँदै
- ३धनराज गुरुङले एक मिनेट बोल्ने बित्तिकै कांग्रेस केन्द्रीय समिति बैठक स्थगित
- ४विशेष महाधिवेशनबाट विद्रोह गरेको गगन थापाको जिकिर,दुवै महामन्त्रीका प्रतिवेदन पारित
- ५पार्टीको सभापति र देशको प्रधानमन्त्री बन्नेगरी गगनलाई अघि सार्दैछौंः विश्वप्रकाश शर्मा



तपाईको कमेन्ट लेख्नुहोस्