नेपालबाट भारततर्फ मदिरा लगिरहेका युवक पक्राउ
वीरगञ्ज – नेपालबाट भारततर्फ मदिरा तस्करी गर्ने एक जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । भारत जिल्ला मोतिहारी थाना लखौराग्रामका २६ वर्षीय नितेस यादवलाई पक्राउ गरेको हो ।
उनलाई जिजे ०५ सि ए ६८३८ नम्बरको जिपमा २८ बोरा सौफी नामक मदिरा भारत लगिरहेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका यादवलाई आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको प्रहरी नायव उपरीक्षक रन्जित सिंह राठोरले जानकारी दिए । भारतको बिहार राज्यमा सरकारले मदिरा पिउन रोक लगाएपछि नेपालबाट मदिरा तस्करी भइरहेको छ ।
क्याटेगोरी : जनगुनासो, ब्रेकिंग न्युज
ताजा खबर
- १बजारमा बेथिति मौलाएको बेला उद्योग मन्त्रीमा दीपक साह, सक्लान् त ग्यास दिन ?
- २कांग्रेस सभापति दश बर्ष, ५ पटक प्रधानमन्त्री बनेका देउवा, अझै सक्रिय बन्न किन खोज्दैछन् ?
- ३प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत
- ४शहीद गंगालाल हृदय केन्द्रमा सिटी स्क्यान सेवा ठप्प, मुटुका बिरामी मारमा
- ५मोरङ कारागारमा प्रहरीको छापा, १० लाख नगद र फलामे रड बरामद



तपाईको कमेन्ट लेख्नुहोस्