अध्यक्ष प्रचण्डले भने- नेपालमा फेरी द्वन्द्वको अवस्था आउन सक्छ !
काठमाडौं – नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शान्ति सम्झौता र संविधानको मर्म विपरत कतिपय कदमहरु चालिएकोमा चिन्ता व्यक्त गरेका छन् । काठमाडौंमा आयोजित एक पुस्तक विमोचन कार्यक्रममा बोल्दै प्रचण्डले शान्ति सम्झौता र संविधानको मर्म र भावनाविपरित अघि बढे देश फेरि पनि द्वन्द्वमा फँस्न सक्ने चेतावनी दिएका हुन् ।
‘हामीले शान्ति सम्झौतामा र संविधानसभा सभाबाट संविधान बनाएर जे प्रतिज्ञा गर्यौँ, त्यही अनुरुप हामी अघि बढ्न सकेनौँ भने नचाहँदा–नचाहँदै पनि नेपालमा फेरि द्वन्द्वको अवस्था आउन सक्छ,’ उनले भने, ‘परिकल्पना गरौँ, त्यो कति भयानक होला ? अबको नेपालले त्यो धान्न सक्ला ?’
शान्ति सुरक्षा, बजेटलगायतमा विषय सरकार संविधानको भावनाअनुसार नचलेको उनको आरोप छ । ‘सिंहदरबारबाट अधिकार प्रत्यायोजन गर्ने, कर्मचारी समायोजन गर्ने्तिर ठीक ढंगले अगाडि बढेका छौं ? फेजआउट गर्ने्तिर त गइरहेका छैनौं ?’ नेकपा अध्यक्ष प्रचण्डले भने, ‘सोच्नुपर्ने ठाउँमा जाँदैछौं ।’
नेकपा अध्यक्ष प्रचण्डले भने, ‘माओवादीलाई सिध्याइहालियो ठान्यो भने दुर्भाग्यपूर्ण हुन्छ । अर्को माओवादी जन्मिन्छ, झन ठूलो लडाइँ हुने खतरा आउँछ ।’ उनले शान्ति सम्झौता विपरित प्रहरीमा भएका मुद्दा भटाभट अगाडि बढाउन थालेकोमा गम्भिर चिन्ता पनि व्यक्त गरे ।
हिजोको सामन्ती निरंकुशतन्त्र व्यवस्थाले विभेदमा पारेकाहरलाई राज्य सञ्चालनमा समुचित स्थान दिन, त्यही अनुसारको राजनीतिक व्यवस्था निर्माण गरेर शान्ति र समृद्धिको नयाँ युग युगतिर जाने परिकल्पाना गरेर तत्कालिन सात राजनीतिक दल र तत्कालिन नेकपा माओवादीले शान्ति सम्झौता गरेको अध्यक्ष प्रचण्डले स्मरण गराए ।
तर, पछिल्लो समय पुरानो संरचनालाई बलियो पार्ने्तिर कतिपय कदमहरु अगाडि बढेकाले त्यसमा प्रश्न खडा भएको बताए । ‘त्यही मर्म अनुसार हामी अघि बढिरहेका छौँ ?,’ प्रचण्डले प्रश्न गरे, ‘नयाँ बनेका ऐनहरुले हिजोको स्थितिको वा हिजोको मर्म बोध गरेका छन् त ?’
क्याटेगोरी : ब्रेकिंग न्युज, राजनीति
ताजा खबर
- १महेश बस्नेत र दुर्गा प्रसाईँको मंसिर ७ को आन्दोलन (भिडियोसहित)
- २अव माइतीघरदेखि बानेश्वरसम्म आन्दोलन गर्न नपाइने, लगाइयो निषेधाज्ञा !
- ३रुकुमपश्चिममा जिप दुर्घटना, २२ जना घाइते, ५ को अवस्था गम्भिर
- ४उदाउँदो सूर्यलाई अर्घ्य दिएर समापन गरियो यस बर्षको छठ पर्व
- ५टिकटक प्रयोग भएको पाइएमा खबर गर्न दुरसञ्चार प्राधिकरणको आग्रह
तपाईको कमेन्ट लेख्नुहोस्