Techie IT
  • २५ भदौ २०८३, बिहीबार
KhojPatrika

मोरङ कारागारमा प्रहरीको छापा, १० लाख नगद र फलामे रड बरामद


काठमाडौं । कैदीबन्दीको एउटा समूहले समानान्तर सत्ता चलाउँदै आएको चर्चामा रहेको मोरङ जिल्ला कारागारको बी ब्लकमा स्थानीय प्रशासनले छापा मारेको छ ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले बिहीबार छापा मार्दा कारागारभित्रबाट १० लाख ३ हजार १ सय ५५ रुपैयाँ नगद फेला परेको छ । यो रकम रकम कसरी पुग्यो र कुन प्रयोजनका लागि राखिएको थियो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

नगदसँगै सुरक्षाकर्मीले लुकाइराखेको अवस्थामा आठ वटा फलामे रडसमेत बरामद गरिएको छ। मोरङ प्रहरी प्रमुख एसपी कवित कटुवालका अनुसार बरामद रकम र रडको स्रोतबारे गम्भीर अनुसन्धान सुरु गरिएको छ।

उक्त समूहको दबाबका कारण यसअघि ‘बी’ ब्लकभित्र छिरेर खानतलासी गर्न सुरक्षाकर्मीलाई समेत चुनौती हुँदै आएको थियो। पछिल्लो समय कारागार प्रशासनले उक्त ग्याङ तोड्न दुई चरणमा गरी ३७ जना कैदीबन्दीलाई अन्यत्र स्थानान्तरण गरेको थियो ।

चन्चल र मनिषसहितका मुख्य नाइकेहरूलाई अन्य कारागार पठाएपछि त्यहाँको सुरक्षा स्थिति सामान्य बनेपछि प्रहरीले छापा मारेको हो। प्रहरीले हाल कारागारको आन्तरिक सुरक्षा व्यवस्थालाई थप कडा बनाउँदै निगरानी बढाएको जनाएको छ ।


क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, समाचार

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं