Techie IT
  • १७ भदौ २०८३, बुधबार
KhojPatrika

भोटेकोशी बाढीमा उद्धार र शव ब्यवस्थापनबारे सरकारमाथि प्रश्न, प्रधानमन्त्रीले दिए जवाफ


काठमाडौं । रसुवाको भोटेकोशी नदीमा बाढी आएको आठ दिन नाघ्यो । कति नागरिक सम्पर्कविहिन छन् भन्ने एकिन तथ्यांक सरकारले अझै पत्ता लगाउन सकेको छैन् । बाढी आएर सुरुङमा थुनिएका नागरिकको अवस्था के छ भन्ने अहिलेसम्म खबर छैन् । बाढीमा बगेकाहरुको परिवार त अव शव नै भएपनि भेटिन्छ कि भन्ने आस मार्न थालिसके ।

सरकारले गरिरहेको उद्धारलाई लिएर यतिबेला चौतर्फी प्रश्न उठिरहेका छन् । प्रश्नको घेरामा परेपछि प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढी व्यवस्थापनका क्रममा सरकारमाथि उठेका विभिन्न प्रश्नहरूको संसद्मा स्पष्टीकरण दिएका छन् । उनले अन्तर्राष्ट्रिय सहयोग, सूचना प्रवाह, शव व्यवस्थापन र सुरुङ उद्धारका विषयमा नागरिक र सांसदहरूले उठाएका प्रश्नको जवाफ दिएका हुन् ।

प्रधानमन्त्री शाहले विपद्को व्यवस्थापनका लागि अन्तर्राष्ट्रिय सहयोग पहिलो दिनदेखि नै लिइरहेको दाबी गरे । अन्तर्राष्ट्रिय सहयोग लिन सरकारले आनाकानी गरेको भन्दै उठेको प्रश्नबारे प्रधानमन्त्री शाहले यति ठुलो विपत्तिमा अन्तर्राष्ट्रिय सहयोग नलिने भन्ने प्रश्नै नआउने भन्दै पहिलो दिनदेखि नै विदेशबाट सहयोग लिइरहेका प्रष्टीरकण दिए ।

सरकारमाथि विपद्मा सरकारले सूचना प्रवाह नगरेको भन्दै प्रश्न उठेको थियो । त्यसको जवाफ दिँदै प्रधानमन्त्री शाहले सूचना प्रवाह गर्न ११ लाख एसएमएस पठाइएको जानकारी दिए । समयमा सूचना दिएन भन्ने आरोपको खण्डन गर्दै शाहले यो विपद् पूर्वानुमानभन्दा बाहिरको कुरा भएको बताए । प्रधानमन्त्री शाहले शव व्यवस्थापनको बारे उठेको प्रश्नको पनि जवाफ दिए ।

उनले शव व्यवस्थापन वैज्ञानिक आधारमा गरिएको बताए । शव व्यवस्थापनका विषयमा उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री शाहले ठुलो सङ्ख्यामा मृत्यु भएकाले कानुनी र वैज्ञानिक आधार टेकेर पहिचान नभएका शवलाई जमिनमुनि व्यवस्थापन गरिएको जानकारी दिए । सरकारमाथि प्रदेश र स्थानीय तहसँग समन्वय नगरेको भन्ने विषयमा पनि प्रधानमन्त्रीले जवाफ दिए ।

उनले प्रदेश र स्थानीय तहसँग निरन्तर संवादमा रहेको बताए । उनले समन्वयमार्फत नै राहत र उद्धारका कामहरू भइरहेको दाबी गरे । सुरुङ उद्धारको विषयमा उठेको प्रश्नबारे पनि जवाफ दिए ।

जलविद्युत आयोजनाका सुरुङमा फसेकाहरूको उद्धारका सम्बन्धमा प्रधानमन्त्रीले राज्यका सबै पक्षहरू सुरुदेखि नै उद्धारमा लागेको बताए । ‘यो फरक खालको उद्धार भएकाले यसमा निकै ठुलो प्राविधिक ज्ञान चाहिने भन्दै आफ्नो स्रोतसाधनले भ्याएसम्म सरकारले प्रयास गरिरहेको उल्लेख गरेका थिए ।


क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं