Techie IT
  • १७ भदौ २०८३, बुधबार
KhojPatrika

संसदमा बालेनः मन भक्कानिँदा पनि एकआपसमा बिलौना गर्ने समय छैन्


काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले रसुवामा गएको विनाशकारी बाढी सिंगो नेपालको छातीमा परेको साझा बज्रपात भएको बताएका छन् । बुधबारको प्रतिनिधिसभाको बैठकमा सुरुमै समय लिएर बोलेका प्रधानमन्त्री शाहले यतिबेला शरिर थकित भयो भनेर विश्राम लिने छुट नरहेको बताए । बाढीपछि मन भक्कानिँदा पनि एकआपसमा बिलौना गर्ने समय नभएको उनको भनाई । उनले घाइते शीघ्र स्वास्थ्य लाभको कामना गर्दै आफ्नो मान्छे अझै फेला नपरेर बाटो हेरिरहनु भएका नागरिकहरूको पीडामा गहिरो महसुस गरेको बताए ।

प्रधानमन्त्री शाहले सङ्कटको घडीमा देशको नेतृत्वले आँसु नभई जनतालाई हिम्मत, आड, भरोसा दिनुपर्ने यथार्थलाई स्वीकार गरेको बताए । उनले दृढ सङ्कल्प, साहसका साथ यो विपत्तिमा लड्नुको हामीसँग अर्को विकल्प नभई लडिरहेको बताए । प्रधानमन्त्री शाहले रसुवा बाढीको घटना जलवायु परिवर्तनसँग पनि सम्बन्धित भएकाले यसबारले अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउनुपर्ने बताए ।

उनले हिमालय क्षेत्रमा जोखिम बढेकोले यो विश्वको साझा जिम्मेवारी भएको उल्लेख गरे । उनले यो मानव सभ्यताले भोगेको सबै भन्दा ठूलो घटना भएको दाबी गरे । प्रधानमन्त्री शाहले रसुवा बाढीले भोटेकोशी–त्रिशूली करिडोरमा सञ्चालित तथा निर्माणाधीन जनविद्युत् आयोजना र सैर्य परियोजनामा ठूलो क्षति पु¥याएको बताए ।

उनले विद्युत् आयोजना र सौर्य परियोजनाबारे जानकारी गराएका हुन् । प्रधानमन्त्री बालेनका अनुसार बाढीका कारण विद्युत उत्पादन गरिरहेका आठ वटा आयोजनामा २८१ मेगावाट र निर्माणाधीन चार वटामा ३८८ मेगावाट क्षतिग्रस्त भएका छन् । ‘जसमध्ये केहीमात्रै मर्मत हुन सक्ने र ठूलो लगानी लाग्ने देखिएको छ । बाढीका कारण ४ हजार ३१ दशमलव १ मेघावाट विद्युत् उत्पादन अवरुद्ध भएको प्रधानमन्त्री शाहले जानकारी गराए ।

बाढी आए लगत्तै सरकार अलर्ट भएको र तत्काल उद्धारमा खटिएको प्रधानमन्त्री शाहले जानकारी दिए । तत्काल विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक बस्दै प्रभावित नागरिकको खोजी, उद्धार तथा राहतलाई उच्च प्राथमिकतामा राखी तत्काल आवश्यक कदम चाल्न सम्बन्धित सबै निकायलाई निर्देशन दिइएको उनको भनाई छ ।

बिहान घटना लगत्तै मनसुन प्रतिकार्य कमान्ड पोस्टको आकस्मिक बैठक बसेर घटनाको अवस्था, खोज तथा उद्धार, सुरक्षा व्यवस्थापन, स्वास्थ्य सेवा र राहत परिचालनबारे समन्वयको काम अगाडि बढाइएको प्रधानमन्त्रीले उल्लेख गरे । उनका अनुसार खोज तथा उद्धार कार्यलाई तीव्र बनाउन रसुवा तथा नुवाकोटमा नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टर परिचालन गरिएको थियो । प्रधानमन्त्री शाहले बाढीपछि ८ दिनसम्म सरकारले बाढी प्रभावित क्षेत्रमा गरेका कामको सदनलाई जानकारी गराएका थिए ।


क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं