नवनियुक्त खेलकुद पदाधिकारी तथा राष्ट्रिय पदक विजेता खेलाडी सम्मानित
कैलाली । सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्का नवनियुक्त पदाधिकारी तथा गोदावरी नगरपालिका क्षेत्रका राष्ट्रिय पदक विजेता खेलाडीहरूलाई बधाई एवं सम्मान गरिएको छ।
PFA Sports को मुख्य आयोजना तथा सैनिक आवासीय महाविद्यालय, कैलालीको विशेष सहयोगमा आइतबार आयोजित कार्यक्रममा गोदावरी नगरपालिकाका नगर प्रमुख, खेलकुद परिषद्का पदाधिकारी, बुद्धिजीवी, समाजसेवी, प्रशिक्षक, खेलाडी तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रममा वक्ताहरूले सुदूरपश्चिममा खेल प्रतिभाको कमी नभए पनि पर्याप्त पूर्वाधार, नियमित प्रशिक्षण, दक्ष प्रशिक्षक र आर्थिक सहयोगको अभाव रहेको उल्लेख गरे । खेलाडीको पहिचान र विकासका लागि स्थानीय तह, प्रदेश सरकार, शिक्षण संस्था, खेलकुद परिषद् तथा निजी क्षेत्रबीच प्रभावकारी सहकार्य आवश्यक रहेको उनीहरूको भनाइ थियो ।
कार्यक्रममा गोदावरी नगरपालिकाका नगर प्रमुखले खेलकुद युवाको शारीरिक तथा मानसिक विकाससँगै अनुशासन, नेतृत्व र सहकार्यको भावना विकास गर्ने महत्वपूर्ण माध्यम भएको बताए । उनले नगर क्षेत्रका प्रतिभावान् खेलाडीहरूको विकास र खेलकुद पूर्वाधार विस्तारमा नगरपालिकाले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
त्यसैगरी, सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्का नवनियुक्त पदाधिकारीहरूले प्रदेशको खेलकुद क्षेत्रलाई व्यवस्थित, प्रतिस्पर्धात्मक र उपलब्धिमूलक बनाउन योजनाबद्ध रूपमा काम गर्ने प्रतिबद्धता जनाए। उनीहरूले विद्यालय तहबाटै प्रतिभा पहिचान, नियमित प्रतियोगिता, गुणस्तरीय प्रशिक्षण तथा उत्कृष्ट खेलाडीलाई प्रोत्साहन आवश्यक रहेको बताए ।
कार्यक्रममा राष्ट्रिय स्तरका विभिन्न प्रतियोगितामा पदक जितेर गोदावरी नगरपालिका तथा सुदूरपश्चिम प्रदेशको प्रतिष्ठा बढाएका खेलाडीहरूलाई सम्मानपत्र प्रदान गरी सम्मान गरिएको थियो। सम्मानित खेलाडीहरूले यस सम्मानले आगामी दिनमा अझ मेहनत गर्दै अन्तर्राष्ट्रिय स्तरमा देशको प्रतिनिधित्व गर्न प्रेरणा मिलेको बताए ।
आयोजक PFA Sports ले खेलाडीहरूको उपलब्धिलाई समाजमा चिनाउनु, नयाँ पुस्तालाई खेलकुदतर्फ आकर्षित गर्नु तथा खेलकुद विकासमा सरोकारवालाबीच सहकार्य बढाउनु कार्यक्रमको प्रमुख उद्देश्य रहेको जनाएको छ ।
कार्यक्रमका सहभागीहरूले खेलकुदमा गरिने लगानीलाई राष्ट्रको स्वास्थ्य, युवा विकास र भविष्य निर्माणमा गरिने दीर्घकालीन लगानीका रूपमा लिनुपर्नेमा जोड दिएका थिए । कार्यक्रम बधाई, सम्मान तथा आगामी दिनमा सुदूरपश्चिमको खेलकुद विकासका लागि सहकार्य गर्ने प्रतिबद्धतासहित सम्पन्न भएको थियो ।
क्याटेगोरी : देश/दुनियाँ, समाचार, सामाजिक सञ्जाल
ताजा खबर
- १नवनियुक्त खेलकुद पदाधिकारी तथा राष्ट्रिय पदक विजेता खेलाडी सम्मानित
- २रुकुमेली सेवा समाज स्थापनाको औपचारिक प्रक्रिया अघि बढ्यो
- ३बालेनलाई रबिले भने– बादलको टुक्रामा जहाज हल्लिन सक्छ, डर मान्नु पर्दैन
- ४नरबहादुरको उपचारका लागि ५ लाख ५१ हजार ५७० रुपैयाँ हस्तान्तरण
- ५पार्टी मिल्छ भने महामन्त्री छाड्न तयार छु : प्रदीप पौडेल



तपाईको कमेन्ट लेख्नुहोस्