Techie IT
  • २६ भदौ २०८३, शुक्रबार
KhojPatrika

डा. गाेविन्द केसी र सरकारबिच सहमति, अनसन ताेडियाे


काठमाडाैँ । डा. गाेविन्द केसी र  सरकारबिच सहमति भएकाे छ। साेमबार सरकारसँग सहमति भएसँगै डा.केसीले अनसन ताडेका हुन् ।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डा.विकास देवकोटा, प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार प्रा.डा.जगदीश चन्द्र अग्रवालको उपस्थितीमा जुस पिएर डा.केसीले अनसन तोडेका हुन् ।

विश्वविद्यालय सम्बन्धी केहि नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय ऐन, २०८२ लाई समेत समेटी विश्वविद्यालयका पदाधिकारीको योग्यता र नियुक्ति लगायतका विषयमा संशोधन प्रक्रिया संघीय संसदको चालु अधिवेशनबाटै (तीन महिनाभित्र) अगाडि बढाउन नेपाल सरकार समक्ष प्रस्ताव पेस गर्ने लगायत सात बुँदे सहमति भएकाे छ ।


क्याटेगोरी : जनगुनासो, जीवनशैली, प्रमुख समाचार, राजनीति, समाचार, सामाजिक सञ्जाल

तपाईको कमेन्ट लेख्नुहोस्