Techie IT
  • २४ असार २०८३, बुधबार
KhojPatrika

इरानसँगको सम्झौता समाप्त भएको अमेरिकी राष्ट्रपति ट्रम्पको दाबी


काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग भएको शान्ति सम्बन्धी समझदारीपत्र (एमओयू) अब समाप्त भएको बताएका छन् । बुधबार नाटो शिखर सम्मेलनका क्रममा उनले यस्तो बताएका हुन् । ‘उनीहरूसँग वार्ता गर्नु समयको बर्बादी भएको ट्रम्पले बताए ।

यसअघि इस्लामिक रिभोलुसनरी गार्ड कोप्र्सले अमेरिकाले इरानमाथि गरेको आक्रमणको जवाफस्वरूप बहराइन र कुवेतमा रहेका अमेरिकी सैन्य लक्ष्यहरूमा आक्रमण गरेको दाबी गरेको थियो । त्यसलगत्तै ट्रम्पको यो प्रतिक्रिया आएको हो ।

सम्मेलनमा ट्रम्पले इरानमाथि स्ट्रेट अफ हर्मुजमा व्यावसायिक जहाजहरूलाई निसाना बनाएर युद्धविराम उल्लंघन गरेको आरोप लगाए । उनले इरानलाई ‘धोकेबाज खेलाडी’ भन्दै कडा आलोचनासमेत गरे । ट्रम्पले अमेरिका अब इरानसँग कूटनीतिक वार्तामा अल्झिनुभन्दा आफ्ना प्राथमिक काममा केन्द्रित हुन चाहेको बताए ।

उता इरानका विदेशमन्त्री अब्बास अराघचीले अमेरिकाले सम्झौताको उल्लंघन गरेको आरोप लगाएका छन् । उनले एक वक्तव्यमा अमेरिकाले गरेका हमला, इरानी तेल विक्री फेरि लगाएको प्रतिबन्ध, लेबनानमा हिजबुल्लाहसँग जारी इजरायलको तनाव जस्ता विषयले सम्झौताका आधारभूत हिस्सालाई निष्प्रभावी पारेको दाबी गरेका छन् ।


क्याटेगोरी : विदेश, समाचार

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं