कांग्रेसको इतर पक्षले २२ गतेदेखि चुनदेवीस्थित नयाँ कार्यालयबाट काम गर्ने
काठमाडौं । नेपाली कांग्रेसको इतर पक्षले सम्पर्क कार्यालय सञ्चालन गर्ने निर्णय गरेको छ । निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का निवासमा बसेको बैठकले चुनदेवीमा स्थापना भएको सम्पर्क कार्यालयबाटै आफूहरूको कामकारबाही अगाडि बढाउने निर्णय भएको नेता मीनबहादुर विश्वकर्माले बताए ।
अब पार्टीको १५औँ महाधिवेशनको तयारी सम्बन्धमा सबै छलफल र बैठकहरू त्यहीँबाट हुने उनको भनाई छ । सम्पर्क, सम्बन्ध र सङ्गठन विस्तारका कुराहरू अगाडि बढाउने उनले बताए । सोमबार चुनदेवीमा बस्ने बैठकले राष्ट्रिय भेलाबारे निर्णय गर्ने बताइएको छ ।
बैठकमा पार्टीका शीर्ष नेताहरूको बाक्लो उपस्थिति रहेको थियो । बैठकमा सहभागी हुन कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधि, पूर्वमहामन्त्रीद्वय प्रकाशमान सिंह र डा. शशांक कोइराला, तथा नेता कृष्णप्रसाद सिटौला पुगेका थिए । त्यसैगरी, पूर्वसहमहामन्त्री डिना उपाध्याय, पूर्वप्रवक्ता डा. प्रकाशशरण महत, पूर्वगृहन्त्री रमेश लेखक, र पूर्व केन्द्रीय सदस्यहरू एनपी साउद एवं मोहन बस्नेत पनि बैठकमा उपस्थित भएका थिए ।
बैठकमा विशेषगरी पार्टीको भर्खरै सातै प्रदेशमा सम्पन्न भएका भेलाहरूको विस्तृत समीक्षा र आगामी भावी रणनीतिका विषयमा छलफल भएको थियो ।
बैठकपछि नेता मोहनबहादुर बस्नेतले विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्वलाई चटके भन्दै टिप्पणी गरेका छन् । उनले विशेष महाधिवेशनबाट आएको नेतृत्वले विवाद समाधानका लागि कुनै पहल नगरेको बताएका हुन् ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ताजा खबर
- १अमेरिका फर्किदैं धुर्मुसले लेखे– १८ करोड ऋणको भारी बोकेर मातृभूमि छोड्दैछु
- २प्रधानमन्त्री बालेन शाहले गरे मन्त्रीहरुसँग कार्यसम्पादन सम्झौता
- ३बालेन सरकारमाथि बादलको कडा टिप्पणी, नेतृत्व लिन रविलाई आग्रह
- ४रास्वपा बैठकमा सांसदका गुनासै गुनासा, सरकार जिम्मेवार नबनेको आरोप
- ५सिंहदरबारमै ब्यस्त सांसद, गाउँ जानै छाडे



तपाईको कमेन्ट लेख्नुहोस्