Techie IT
  • १७ असार २०८३, बुधबार
KhojPatrika

रास्वपाको पहिलो केन्द्रिय समिति बैठकः अनुशासन आयोगको प्रमुखमा पूर्वन्यायाधीश पौडेल मनोनित


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनपश्चात निर्वाचित केन्द्रिय समितिको पहिलो बैठक बुधवार सम्पन्न भएको छ । पार्टी कार्यालयमा बसेको बैठकले विभिन्न सांगठनिक निर्णयहरू गर्दै महत्वपूर्ण आयोगहरू गठन गरेको हो ।

बैठकको शुरुमा नवनिर्वाचित केन्द्रिय सदस्य तथा पदाधिकारीहरूको शपथ ग्रहण कार्यक्रम सम्पन्न भएको थियो । सो अवसरमा पार्टी सभापति रवि लामिछानेले निर्वाचित सदस्यहरूलाई पार्टीको चुनाव चिह्न ‘घण्टी’ र प्रमाणपत्र प्रदान गरेका थिए । बैठकका निर्णयहरूबारे जानकारी दिँदै महामन्त्री विपिन आचार्यले पहिलो एजेण्डाका रूपमा महाधिवेशन सफल पार्न सहयोग गर्ने सम्पूर्ण प्रतिनिधि, सुरक्षाकर्मी, सरकार, सञ्चारकर्मी तथा स्वयंसेवकहरूलाई धन्यवाद ज्ञापन गर्ने प्रश्ताव पारित गरिएको बताए ।

त्यसैगरी, निर्वाचन आयोगबाट अनुमोदित नयाँ विधानको व्यवस्था बमोजिम बैठकले पार्टीका तीनवटा महत्वपूर्ण आयोगहरू गठन गरेको छ । जसअन्तर्गत अनुशासन आयोगको प्रमुखमा उच्च अदालतका पूर्वन्यायाधीश लेखनाथ पौडेललाई मनोनित गरिएको छ ।

निर्वाचन आयोग र लेखा आयोगको हकमा भने पुराना संरचनाहरूलाई भंग गरी सोही सदस्यहरूलाई पुनः जिम्मेवारी दिने निर्णय बैठकले गरेको छ । केन्द्रिय समितिमा रिक्त रहेका सदस्य, पदाधिकारी तथा प्रवक्ताको मनोनयनका सम्बन्धमा भने यस बैठकमा कुनै निर्णय नभएको महामन्त्री आचार्यले प्रष्ट पारे ।

उनका अनुसार मनोनयनको अधिकार पार्टी सभापतिको विशेषाधिकार भएकाले सभापतिको निर्देशन र तयारी बमोजिम आगामी बैठकहरूमा यस प्रक्रियालाई अगाडि बढाइनेछ । साथै बैठकमा पार्टीको ‘डिजिटल डोमेन’ र आन्तरिक व्यवस्थापनका विषयमा समेत प्रारम्भिक छलफल भएको जानकारी दिए ।


क्याटेगोरी : प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं