उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित,यस्तो छ सेवा सुविधा
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदमा श्रम संस्कृति पार्टीकी रुबीकुमारी ठाकुर निर्वाचित भएकी छन् । शुक्रबार भएको निर्वाचनमा राप्रपाकी सरस्वती लामालाई पराजित गर्दै रुबीकुमारी निर्वाचित भएको सभामुख डीपी अर्यालले सभालाई जानकारी गराएका हुन ।
रुबीकुमारीलाई उनको दल श्रम संस्कृतिसँगै सत्तारुढ दल रास्वपा, नेपाली कांग्रेस र नेकपाको समर्थन थियो । राप्रपाले भने एकल प्रतिस्पर्धा गरेको हो । नेकपा एमालेले भने यो निर्वाचनमा भाग लिएन ।
आज सदनमा २५६ सांसद उपस्थित थिए । यीमध्ये ले रुबीकुमारीलाई उपसभामुख बनाउने पक्षमा २२९ जनाले मतदान गरे । उनको विपक्षमा ५ जनाले मतदान गरे भने २२ जना तटस्थ बसे । राप्रपाकी सरस्वतीको पक्षमा जम्मा ५ मत खस्यो ।
के-के छन् सुविधाहरू ?
- पारिश्रमिक : ६०,९७० रूपैयाँ (प्रतिमहिना)
- विशेष भत्ता : १,००० रूपैयाँ (प्रतिमहिना)
- बैठक भत्ता : १,००० रूपैयाँ (प्रतिबैठक)
- भ्रमण भत्ता : २,५०० रूपैयाँ (दैनिक – स्वदेश वा विदेश भ्रमण गर्दा, प्रतिनिधिमण्डलको नेताको रूपमा जाँदा थप ५० प्रतिशत)
२. आवास, सञ्चार र इन्धन सुविधा
- सञ्चार सुविधा : ३,००० रूपैयाँ (प्रतिमहिना)
- बिजुली/धारा : बिलअनुसारको रकम
- सवारीसाधन : १ वटा सवारीसाधन उपलब्ध गराइने
- सवारी इन्धन : २३० लिटर (प्रतिमहिना)
- मोबिल : ५ लिटर (त्रैमासिक)
३. निजी सचिवालय तथा अतिथि सत्कार
- निजी सचिवालय बन्दोबस्त : १,७५० रूपैयाँ (प्रतिमहिना)
- फर्निचर खर्च : १५,००० रूपैयाँ (आवासमा फर्निचर व्यवस्था नभएको खण्डमा एक कार्यकालका लागि एकपटक)
- अतिथि सत्कार : २,००० रूपैयाँ (प्रतिमहिना)
- कम्प्युटर अपरेटर : १ जना (नासुसरह)
- सवारी चालक : २ जना
- कार्यालय सहयोगी : २ जना
- प्रिन्टरसहितको कम्प्युटर : १ थान
- साइकल : २ वटा
४. सुरक्षा व्यवस्था
गार्डघर : १,७५० रूपैयाँ (प्रतिमहिना)
अंगरक्षक : १ जना
बिल्लादार गार्ड : १ जना
सैनिक जवान (सिपाही) : १० जना
५. स्वास्थ्य उपचार, बीमा र आर्थिक सहायता
- उपचार सुविधा : संसद् सचिवालयमा वरिष्ठ चिकित्सकको निःशुल्क सेवा। अस्पताल भर्ना हुनुपरेमा सिफारिसअनुसारको खर्च सचिवालयले व्यहोर्ने।
- यात्रा बीमा : प्रतिभ्रमण १० लाख रूपैयाँ
- मृत्यु भएमा आर्थिक सहायता : पदावधि कायम रहेकै अवस्थामा मृत्यु भएमा परिवारलाई एकमुस्ट दुई लाख रूपैयाँ।
- अशक्त भएमा आर्थिक सहायता : शारीरिक वा मानसिक रूपले अशक्त भई पदमा रहन असमर्थ भएमा एकमुस्ट ५० हजार रूपैयाँ।
६. अन्य सुविधा
रातो पासपोर्ट : सरकारी कामको सिलसिलामा विदेश जाँदा कूटनीतिक राहदानी (रातो पासपोर्ट) दिइनेछ।
पेस्की सुविधा : कडा रोग लागि विदेशमा उपचार गर्नुपरेमा बढीमा एक वर्षको र सामान्य अवस्थामा बढीमा ३ महिनाको पारिश्रमिकबराबरको रकम पेस्की लिन सकिने ।
क्याटेगोरी : जीवनशैली, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ताजा खबर
- १जनताकै सुझावबाट नीति र बजेट बन्ने प्रधानमन्त्री कार्यालयको दावी, ‘सुझाव संकलन पोर्टल’ सञ्चालनमा
- २विजयको सरकार गठनका लागि तमिलनाडुमा जुट्यो बहुमत
- ३कानून दोषीका लागि भय र निर्दोषका लागि आशा हुनुपर्छः राष्ट्रपति पौडेल
- ४रास्वपा उपनेता पराजुलीले भनेः पार्टीका सांसदहरु संसदीय भुमिकाबाट विमुख हुने संकेत गर्दैछन्
- ५लहडतन्त्र र भयतन्त्र ल्याउने प्रयासको प्रतिरोध गर्ने गगन थापाको चेतावनी



तपाईको कमेन्ट लेख्नुहोस्