माध्यमिक शिक्षा परीक्षा सुरु
काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि देशभर एकसाथ शुरु भएको छ ।
देशभर बिहान ८ बजेदेखि परीक्षा केन्द्रहरूमा परीक्षार्थीहरूले अनिवार्य अंग्रेजी विषयको परीक्षा दिएका थिए । राष्ट्रिय परीक्षा बोर्डकाअनुसार यस वर्ष देशभर ५ लाख १२ हजारभन्दा बढी विद्यार्थी एसईईमा सहभागी छन् ।
परीक्षा बिहान ८ देखि ११ बजेसम्म सञ्चालन हुन्छ । परीक्षा नियन्त्रण कार्यालयले परीक्षा शान्तिपूर्ण, निष्पक्ष र मर्यादित रूपमा सञ्चालन गर्न सबै तयारी पूरा गरेको जनाएको छ ।
परीक्षा केन्द्रमा मोबाइल फोन, घडी लगायतका सामग्री प्रतिबन्ध गरिएको छ भने कडा सुरक्षा व्यवस्था मिलाइएको छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, विचार/लेख, समाचार
ताजा खबर
- १रास्वपामा रवि लामिछानेकै नेतृत्व आवश्यक भएको रञ्जु न्यौपानेको दाबी
- २जेन–जी आन्दोलनसम्बन्धि मानव अधिकार आयोगको सिफारिस गैर संवैधानिक छः बार अध्यक्ष मिश्र
- ३सरकारका नीति र निर्णय जनहितविपरीत रहेको प्रचण्डको आरोप
- ४जग्गाको द्वेध स्वामित्व अन्त्य गर्न सरकार प्रतिवद्ध छः मन्त्री रावल
- ५अदालतको फैसलालाई सरकारको ‘हार–जित’ का रूपमा बुझ्नु संकुचित मानसिकताः मुख्य रजिस्ट्रार पौडेल



तपाईको कमेन्ट लेख्नुहोस्