अमेरिकाद्वारा रुसी तेलमाथिको प्रतिबन्ध फुकुवा
काठमाडौं । अमेरिकाले आफ्ना सहयोगी देशहरुलाई रुसी तेल किन्न अनुमति दिएको छ । यसअघि अमेरिकाले युक्रेन युद्धका कारण रुसी इन्धनमाथि प्रतिबन्ध लगाएको थियो ।
तर पश्चिम एसियामा जारी युद्ध र हर्मुजको जलमार्गमा देखिएको तनावका कारण इन्धनको विश्वव्यापी मूल्य आकासिएपछि अमेरिकाले रुसी तेल किन्न अनुमति दिएको बताइएको छ ।
उता, दुई हप्ताको अवधिमा अमेरिकाले इरानका ६ हजार टार्गेटमा आक्रमण गरेको छ । इजरायलसँग मिलेर गरिएको आक्रमणमा हालसम्म इरानका ६९ भन्दा बढी लडाकु जहाज र ३० वटा माइनिङ विस्फोटक नष्ट गरिएको दाबी अमेरिकाले गरेको छ ।
यस्तै इरानका कमाण्ड पोष्टहरु, हतियार उत्पादन केन्द्र, ब्यालेस्टिक साइटहरु, पनडुब्बी र हवाई प्रतिरक्षा प्रणालीमा आक्रमण गरिएको अमेरिकी अधिकारीले जनाएका छन् ।
क्याटेगोरी : विदेश, समाचार
ताजा खबर
- १अमेरिका फर्किदैं धुर्मुसले लेखे– १८ करोड ऋणको भारी बोकेर मातृभूमि छोड्दैछु
- २प्रधानमन्त्री बालेन शाहले गरे मन्त्रीहरुसँग कार्यसम्पादन सम्झौता
- ३बालेन सरकारमाथि बादलको कडा टिप्पणी, नेतृत्व लिन रविलाई आग्रह
- ४रास्वपा बैठकमा सांसदका गुनासै गुनासा, सरकार जिम्मेवार नबनेको आरोप
- ५सिंहदरबारमै ब्यस्त सांसद, गाउँ जानै छाडे



तपाईको कमेन्ट लेख्नुहोस्