Techie IT
  • २६ फागुन २०८२, मंगलबार
KhojPatrika

विनोद चौधरीको सम्पत्ति ३ खर्ब २ अर्ब पुग्यो


काठमाडौं । नेपालका एक मात्र अर्बपति विनोद चौधरी विश्वकै १९८२ औं धनी व्यक्ति बनेका छन् । फोर्ब्सले सार्वजनिक गरेको वर्ल्ड र्‍याङ्किङ अनुसार चौधरी कूल २.१ अर्ब डलरसहित सो स्थानमा रहन सफल भएका हुन् ।

चौधरी सन् २०२५ मा १७६३ औं स्थानमा थिए । सो समयमा चौधरीको सम्पत्ति २ खर्ब डलर बारबरको रहेको फोर्ब्सले जनाएको छ । सन् २०२६ को चौधरीको सम्पत्ति नेपाली रुपैयाँमा ३ अर्ब २ अर्ब पुगेको हो ।

एक वर्षको अवधिमा चौधरीको सम्पत्ति १० करोड डलरले बढेको फोर्ब्सले जनाएको छ । चौधरी दक्षिण एसियामा भारतीय अर्बपति बाहेक एक मात्र अर्बपति हुन् । सार्क क्षेत्रका अन्य मुलुकका कुनै पनि व्यक्ति फोर्ब्सको अर्बपतिको सूचीमा छैनन् ।

सन् २०१९ मा १३४९ औं स्थानमा रहेका उनको सम्पत्ति कोभिड–१९ महामारीकालमा भने केही घटेको थियो । यसलाई चौधरीले सुधार गर्न सफल भएका छन् । फोर्ब्सको अर्बपतिको सूचीमा पहिलो नम्बरमा अमेरिकी अर्बपति एलन मक्स छन् । उनको सम्पत्ति ८३९ अर्ब डलर रहेको छ ।

उनी अटोमोबाइल क्षेत्रसँग सम्बन्धित छन् । दोस्रो नम्बरमा अमेरिकी अर्बपति ल्यारी पेज रहेका छन् । अर्बपतिहरूको सूचीमा सबैभन्दा धेरै अमेरिकी, चीन, भारत लगायतका देशका रहेको फोर्ब्सले जनाएको छ ।


क्याटेगोरी : अर्थ, जनगुनासो, प्रमुख समाचार, राजनीति, समाचार, सामाजिक सञ्जाल

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं