Techie IT
  • २२ माघ २०८२, बुधबार
KhojPatrika

गगन थापाको सन्देश– बदलिएको कांग्रेसले सिद्धान्तसँग सम्झौता गर्दैन, सत्तामा जान जोसँग पनि मिल्दैन


काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रको स्वार्थभन्दा माथि पार्टीको स्वार्थलाई कहिले पनि नराख्ने बताएका छन् ।

आज एक भिडिओ सन्देश जारी गर्दै विगतको गल्ती सच्चाउँदै अघि बढ्ने बताए । उनले भनेका छन्, ‘यो बदलिएको नेपाली कांग्रेसले हिजोको कांग्रेसले गरेका कयौँ राम्रा कुराहरूलाई गर्छ ।

कयौँ कुराहरू जुन हामीले नजानेर होला, कहिलेकाहीँ कतिपय कुराहरू हाम्रो गल्ती नै भएको पनि होला, त्यो कुराहरू यसले छोड्छ । बदलिएको नेपाली कांग्रेसले राष्ट्रको स्वार्थभन्दा माथि पार्टीको स्वार्थलाई कहिले पनि राख्दैन । सिद्धान्तसँग सम्झौता गर्नु पर्‍यो भने जे छोड्नुपर्छ त्यो छोड्छ ।’

उनले सिद्धान्तसँग केही कुरा पनि सम्झौता नगर्ने बताए । उनले भने, ‘सत्तामा पुग्न वा टिक्नको लागि, जे पनि गर्ने, जोसँग पनि मिल्ने गर्दैन। बरु आनन्दले सरकार बाहिर बस्छ। पार्टी भनेको ‘इलेक्सन मेसिन’ होइन।’

बदलिएको कांग्रेसले हिजोको नेपाली कांग्रेसले गरेको राम्रो कामहरूको अनुसरण गर्ने बताए ।उनले थपेका छन्, ‘बदलिएको नेपाली कांग्रेसले राष्ट्रको हितभन्दा माथि पार्टीको हित कहिले पनि देख्दैन । पार्टीको स्वार्थभन्दा माथि राष्ट्रको स्वार्थ राख्छ । सिद्धान्तसँग सम्झौता ‘नो’ गर्दैन ।’


क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं