क्यूआर कोडमार्फत सुझाव संकलन गर्दै रुकुम पश्चिम कांग्रेस उम्मेदवार
रुकुमपश्चिम । नेपाली कांग्रेस रुकुम पश्चिममा उम्मेदवारले क्यूआर कोडमार्फत मतदाताबाट सुझाव संकलनको अभियान सुरु गरेका छन । क्यूआर कोडमार्फत मतदाताले आफ्नो क्षेत्रका समस्या, आवश्यकता, विकासका प्राथमिकता र निर्वाचित भएपछि गर्नुपर्ने कामबारे सुझाव दिने व्यवस्था गरिएको छ । जसका लागि गुगल फाराम तयार गरिएको छ ।
त्यसमा मतदाताले आफ्ना सल्लाह, सुझाव तथा अपेक्षा सहजै राख्न मिल्ने बनाइएको छ । काँग्रेसका युवा उम्मेदवार राजु केसीले संकलित सुझावका आधारमा योजना निर्माण गरिने जानकारी दिए ।
केसीले समृद्ध रुकुम पश्चिम निर्माण गर्न र विगतका अधुरा विकासका काम पूरा गर्न मतदाताको सक्रिय सुझाव आवश्यक रहेको हुँदा क्यूआर कोडमार्फत सुझाव संकलन गर्ने अभियान थालिएको उनको भनाई छ । ब्यस्त मतदातालाई आफ्नो सुविधा अनुकुल सार्वजनिक रुपमा क्यूआर कोडमार्फत सुझावहरु दिन आह्वान गरिएको उनले बताए ।
बुधबारदेखि नै काँग्रेस उम्मेदवारले यो अभियान संचालनमा ल्याएका छन् । समानुपातिक उम्मेदवार मानबहादुर नेपालीले क्यूआर कोडमार्फत प्राप्त सबै सुझाव तथा गुनासोलाई संकलन, विश्लेषण र एकीकृत गरी घरदैलो अभियानका क्रममा मतदातासँग प्रत्यक्ष छलफल र बहस गरिने बताए ।
फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य पदको निर्वाचनका लागि रुकुम पश्चिममा काँग्रेसले प्रत्यक्षतर्फ युवा उम्मेदवार राजु केसी र समानुपातिकतर्फ मानबहादुर नेपालीलाई उम्मेदवार बनाएको छ ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ताजा खबर
- १कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् २९७ सदस्यीय कार्यसमिति
- २गगन थापाको घोषणा : कांग्रेसमा आजदेखि सबै गुट सकियो, अब कुनै समूह छैन
- ३रसायनशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सका कागन र जापानका सोईलाई
- ४चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरण अनुसन्धान बिभागको छापा
- ५कांग्रेस सभापतिको उम्मेदवारी फिर्ता गर्ने किशोरसिंह राठोरको घोषणा, गगन थापालाई समर्थन



तपाईको कमेन्ट लेख्नुहोस्