सल्लाघारीको सभाबाट ओलीको प्रश्न–एमालेमाथि प्रहार किन ?
काठमाडौं । जेनजी आन्दोलनपछि सत्ता बहिर्गमनमा परेका एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको ११ औं महाधिवेशनमा पछिल्लो समय राजनीतिक रुपमा उनीमाथि उठेका प्रश्नहरूको खण्डन गर्दै एमालेको शक्ति नघटेको सन्देश दिएका छन् ।
संघै खुल्ला रूपमा धारा प्रवाह बोल्ने ओली शनिबार महाधिवेशनमा लिखित मन्तव्य बोकेर उपस्थित भएका थिए । उनले विगतमा सभाहरू जस्तो अन्त्यमा मन्तव्य राखेनन् । कार्यक्रममा शुभकामना व्यक्त गर्न आएका अरु अतिथिहरुलाई समेत राखेर ओलीले एमाले अजम्बरी पार्टी भएको बताए ।
‘धुँवा, खरानी र निषेधका प्रत्येक प्रहारलाई चिर्दै जब आज यो जनसागर यहाँ यसरी ओर्लिएको छ, म ढुक्कले भन्न सक्छु– लोकतन्त्र अजेय छ, नेकपा एमाले अजम्बरी छ’ उनले भने ।
अध्यक्ष ओलीले अब निर्णायक राष्ट्रिय शक्तिको रुपमा विकास गर्ने दृढ संकल्पका साथ हामी अघि बढिरहेका बताए । अध्यक्ष ओलीले जेनजी आन्दोलन, त्यसक्रममा भएका घटनाक्रमहरुलाई एमाले विरुद्धको प्रहारको रुपमा चित्रण गरे ।
धेरै ठूलो जनपरिचालन सहितको सभामा उनले आफ्नो पार्टीको खास लाइन केहो भन्ने व्याख्या गर्न खोजेको देखियो । उनले अहिले एमालेमाथि किन प्रहार भइरहेको छ भन्ने केही कारणहरू उल्लेख गरे ।
देशहरु भूगोलमा साना या ठूला होलान्, तर सार्वभौमसत्ता बराबर हो भन्दा सानो देशले हामीसँग बराबरी गर्न खोज्ने रु भन्दै प्रहार गरेको दाबी गरे । जन्मजात श्रेष्ठताका आधारमा शासन गर्ने व्यवस्था सामन्ती हो, सबै नागरिक बराबरी हुन् र आजको युगमा अनिर्वाचित सत्ता मञ्जुर छैन भन्दा अर्को प्रहार भएको उनले बताए ।
क्याटेगोरी : Uncategorized, जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ताजा खबर
- १कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् २९७ सदस्यीय कार्यसमिति
- २गगन थापाको घोषणा : कांग्रेसमा आजदेखि सबै गुट सकियो, अब कुनै समूह छैन
- ३रसायनशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सका कागन र जापानका सोईलाई
- ४चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरण अनुसन्धान बिभागको छापा
- ५कांग्रेस सभापतिको उम्मेदवारी फिर्ता गर्ने किशोरसिंह राठोरको घोषणा, गगन थापालाई समर्थन



तपाईको कमेन्ट लेख्नुहोस्