Techie IT
  • २१ मंसीर २०८२, शनिबार
KhojPatrika

रुपन्देही–२ मा उम्मेदवार बन्ने निकोलस भूसालको घोषणा


काठमाडौं । निकोलस भनिने कमल भूसालले आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा रूपन्देही क्षेत्र नम्बर–२ बाट उम्मेदवारी दिने घोषणा गरेका छन् ।

शनिबार बुटवलमा पत्रकार सम्मेलन गरी भूसालले प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिने बताएका हुन । २०७९ मा पनि रुपन्देही–२ मा उम्मेदवारी दर्ता गराए पनि छात्रवृत्तिमा चिकित्सा शास्त्र पढ्दा सरकारी कोषबाट रकम लिएको विषयमा उनीविरुद्ध उजुरी परेपछि उम्मेदवारी खारेज भएको थियो ।

जेनजी आन्दोलनपछि बनेको अन्तरिम सरकारले चुनावको मिति घोषणा गरेपछि रूपन्देही क्षेत्र नम्बर–२ मा उम्मेदवारी घोषणा गर्ने भूसाल पहिलो हुन् ।

रुपन्देही २ एमाले उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलले जित्दै आएको क्षेत्र हो । गत निर्वाचनमा भने रास्वपाका उम्मेदवार गणेश पौडेलसँग १५ सय भन्दा कम मतको अन्तरले जितेका थिए ।

भूसालले आफ्नो टिमले अन्य क्षेत्रमा पनि उम्मेदवारी दिने गरी अघि बढेको बताए । उनले निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने, उज्यालो नेपाल पार्टी तथा ऊर्जामन्त्री कुलमान घिसिङ र श्रम संस्कृति पार्टीका सभापति हर्क साम्पाङसँग पनि सहकार्य गरेर अघि बढने तयारी भएको जानकारी दिएका थिए ।


क्याटेगोरी : जीवनशैली, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं