रुपन्देही–२ मा उम्मेदवार बन्ने निकोलस भूसालको घोषणा
काठमाडौं । निकोलस भनिने कमल भूसालले आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा रूपन्देही क्षेत्र नम्बर–२ बाट उम्मेदवारी दिने घोषणा गरेका छन् ।
शनिबार बुटवलमा पत्रकार सम्मेलन गरी भूसालले प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिने बताएका हुन । २०७९ मा पनि रुपन्देही–२ मा उम्मेदवारी दर्ता गराए पनि छात्रवृत्तिमा चिकित्सा शास्त्र पढ्दा सरकारी कोषबाट रकम लिएको विषयमा उनीविरुद्ध उजुरी परेपछि उम्मेदवारी खारेज भएको थियो ।
जेनजी आन्दोलनपछि बनेको अन्तरिम सरकारले चुनावको मिति घोषणा गरेपछि रूपन्देही क्षेत्र नम्बर–२ मा उम्मेदवारी घोषणा गर्ने भूसाल पहिलो हुन् ।
रुपन्देही २ एमाले उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलले जित्दै आएको क्षेत्र हो । गत निर्वाचनमा भने रास्वपाका उम्मेदवार गणेश पौडेलसँग १५ सय भन्दा कम मतको अन्तरले जितेका थिए ।
भूसालले आफ्नो टिमले अन्य क्षेत्रमा पनि उम्मेदवारी दिने गरी अघि बढेको बताए । उनले निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने, उज्यालो नेपाल पार्टी तथा ऊर्जामन्त्री कुलमान घिसिङ र श्रम संस्कृति पार्टीका सभापति हर्क साम्पाङसँग पनि सहकार्य गरेर अघि बढने तयारी भएको जानकारी दिएका थिए ।
क्याटेगोरी : जीवनशैली, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ताजा खबर
- १निजी क्षेत्रको एकताका लागि सर्वसम्मत नेतृत्व चयन गर्न अध्यक्ष ढकालको आह्वान
- २रविविरुद्ध जाहेरी दिने कृष्णप्रसाद सहकारी ठगीमै पक्राउ, ८२ लाख हिनामिनाको आरोप
- ३कांग्रेसको १५ औं महाधिवेशन भदौमा बोलाउने तयारी
- ४२१ निर्वाचन क्षेत्रमा पार्टीभित्र ठूलो अन्तर्घातले काँग्रेस पराजित भयो
- ५निर्वाचन आयोगद्वारा प्रधानमन्त्री कार्कीसमक्ष निर्वाचन प्रतिवेदन पेश



तपाईको कमेन्ट लेख्नुहोस्