एनआईसी एसिया बैंकको सीईओमा सुजितकुमार शाक्य नियुक्त
काठमाडौँ । एनआईसी एसिया बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुजितकुमार शाक्य नियुक्त भएका छन् । बैंकको सोमबार बिहान बसेको सञ्चालक समिति बैठकले शाक्यलाई ४ वर्षे कार्यकालसहित सीईओको जिम्मेवारी दिइएको बैंकले जनाएको छ ।
शाक्यले आगामी ३० दिनभित्र बैंकमा सीईओको कार्यभार सम्हाल्नेछन् । बैंक सञ्चालक समितिले शाक्यलाई ४ वर्षे कार्यकालका लागि नियुक्त गरेको हो । तीन दशक लामो अनुभव भएका शाक्य हाल नबिल बैंकको वरिष्ठ डेपुटी सीईओ हुन् । यसअघि उनी ग्लोबल आईएमई बैंक, जनता बैंक, सिभिल बैंक लगायतमा काम गरेको अनुभव छ ।
एनआइसी एसिया बैंकबाट तत्कालीन सीईओ रोशनकुमार न्यौपानेले राजीनामा दिएसँगै उक्त पद रिक्त थियो । शाक्यले कार्यभार नसम्हालेसम्म सन्तोषकुमार राठीले कायम मुकायम सीईओको जिम्मेवारी सम्हाल्नेछन् ।
क्याटेगोरी : अर्थ, जीवनशैली, देश/दुनियाँ, राजनीति, समाचार
ताजा खबर
- १अमेरिका फर्किदैं धुर्मुसले लेखे– १८ करोड ऋणको भारी बोकेर मातृभूमि छोड्दैछु
- २प्रधानमन्त्री बालेन शाहले गरे मन्त्रीहरुसँग कार्यसम्पादन सम्झौता
- ३बालेन सरकारमाथि बादलको कडा टिप्पणी, नेतृत्व लिन रविलाई आग्रह
- ४रास्वपा बैठकमा सांसदका गुनासै गुनासा, सरकार जिम्मेवार नबनेको आरोप
- ५सिंहदरबारमै ब्यस्त सांसद, गाउँ जानै छाडे



तपाईको कमेन्ट लेख्नुहोस्