आन्तरिक पर्यटकको रोजाइमा दाङको कुलपानी हरित उद्यान
दाङ । जिल्लाको गढवा गाउँपालिका– १ बडहरास्थित कुलपानी हरित उद्यान (पार्क) पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ । यहाँ हरेक दिनजसो मानिस घुम्न जाने गर्छन् ।
सिमसार क्षेत्रलाई संरक्षण गर्दै कुलपानी सामुदायिक वन समूहले पर्यटन प्रवर्द्धनका लागि हरित पार्क, जलासयसँगै काठको भ्युटावर निर्माण गरेपछि आन्तरिक पर्यटनको गन्तव्य बनेको हो ।
वन समूहले कृत्रिम जलासयसँगै पार्क निर्माण गरेर बाघ, गैँडा, जरायो, घोडा, मयूरलगायत विभिन्न प्रजातिका चराको प्रतिमा बनाएपछि पार्कमा घुम्न र वनभोजका लागि आउने मानिसको सङ्ख्यामा वृद्धि भएको वन समूहका अध्यक्ष नवराज शर्माले जानकारी दिए ।
कुलपानीमा पर्यटकलाई आकर्षण गर्नेगरी पार्कसँगै पोखरीमा काठको पुल, भ्युटावर निर्माणले थप आकर्षण बढाउने काम गरेको छ ।
पार्कमा घुम्न आउनेसँग २० देखि ३० सम्म लिने गरिएको छ । पर्यटन प्रवर्द्धनका माध्यमबाट राम्रो आयआर्जन हुन थालेपछि वन समूहले १२ हेक्टरमा फैलिएको पार्कलाई २० हेक्टर क्षेत्रमा वृद्धि गर्ने योजनाका साथ अघि बढेको छ ।
क्याटेगोरी : पर्यटन, प्रमुख समाचार, समाचार, सामाजिक सञ्जाल
ताजा खबर
- १संसद अवरोध हटाउन सभामुखलाई सकस, प्रधानमन्त्रीको जवाफ माग्दै प्रतिपक्षको निरन्तर बिरोध
- २करका दर हेरफेरको विषयमा संसदीय छानविन गर्न राप्रपाको माग
- ३२ सय ६३ जिर्ण प्रहरी चौकी जिर्ण छन्, पुनर्निर्माण गर्न बजेट छैनः आईजीपी कार्की
- ४संसद अवरोध हटाउन प्रतिपक्ष दललाई मनाउने रवि लामिछानेको प्रयास
- ५मधेसकै बलमा सरकार बनाउने तर अधिकार नदिने षड्यन्त्र भएको सिके राउतको आरोप



तपाईको कमेन्ट लेख्नुहोस्