एनपिएल विजेता जनकपुरलाई एक करोड दश लाख, उपविजेतालाई ५१ लाख
काठमाडौँ । पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)को उपाधी जित्ने जनकपुर बोल्ट्सले ट्रफीसहित एक करोड दश लाख रुपैयाँ प्राप्त गरेको छ । शनिबार भएकोे फाइनल खेलमा सुदूरपश्चिम रोयल्सलाई ५ विकेटले हराउँदै जनकपुरले पहिलो संस्करणकोे एनपिएलको उपाधी जितेको हो ।
फाइनल खेलपछि आयोेजिक पुरस्कार वितरण कार्यक्रममा नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुुर देउवा, नेकपा (माओेवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले संयुक्त रुपमा एक करोड दश लाखको चेक जनकपुरका कप्तान तथा मार्की खेलाडी आशिफ शेख र अनिल शाहलाई प्रदान गरेका हुन ।
एनपिएलको उपविजेता टोली सुदूरपश्चिम रोयल्सले ५१ लाख प्राप्त गरेको छ । सरकाररका युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले सुदूरपश्चिम रोयल्सलाई उक्त चेक हस्तारण गरेका हुन ।
यस्तै, एनपिएलमा तेस्रो हुने टोेली कर्णाली याक्स र चौथों हुने टोली चितवन राइनोजले क्रमश पच्चिस लाख र पन्ध्र लाख प्राप्त गरेका छन् । तेस्रो र चौथों हुने टोलीलाई सरकारका गृहमन्त्री रमेश लेखक र मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले चेक हस्तारण गरेका थिए ।
क्याटेगोरी : खेलकुद, जीवनशैली, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #नेपाल प्रिमियर लिग, #सुदूरपश्चिम रोयल्स
ताजा खबर
- १कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् २९७ सदस्यीय कार्यसमिति
- २गगन थापाको घोषणा : कांग्रेसमा आजदेखि सबै गुट सकियो, अब कुनै समूह छैन
- ३रसायनशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सका कागन र जापानका सोईलाई
- ४चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरण अनुसन्धान बिभागको छापा
- ५कांग्रेस सभापतिको उम्मेदवारी फिर्ता गर्ने किशोरसिंह राठोरको घोषणा, गगन थापालाई समर्थन



तपाईको कमेन्ट लेख्नुहोस्